८ वैशाख २०८१ शनिबार
अर्थ

पोखरामा तेस्रो पोर्क फेस्टिबल हुने

पोखरा – बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ । 

‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा आगामी असार २, ३ र ४ गते फेस्टिबलको आयोजना गर्न लागिएको हो । 

बङ्गुर व्यवसाय प्रवद्र्धन र बङ्गुरबाट बन्ने विभिन्न परिकारका स्वाद लिन पोर्क फेस्टिबलको आयोजना गर्न लागिएको बङ्गुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेड पोखराका अध्यक्ष तथा पोर्क फेस्टिबलका संयोजक योगबहादुर आचार्यले जानकारी दिए। 

उनका अनुसार महोत्सवमा सेतो पोर्कको बजारीकरण, आहारा, खोर व्यवस्थापन, यान्त्रीकरणका बारेमा व्यावसायीलाई जानकारी गराइने छ । 

तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा बङ्गुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तीय संस्था तथा प्राविधिक परामर्श, बधशाला तथा प्रशोधनसम्बन्धी स्टल समेत राखिने उनले बताए। 

बङ्गुरको मासुबाट बन्ने परिकारका २० वटा रेस्टुराँ रहने सो महोत्सवमा विभिन्न जातजातिका नृत्य तथा झाँकी, लोक तथा दोहोरी गीत र सङ्गीत कार्यक्रमसमेत राखिएको छ । रासस 

प्रकाशित: २७ जेष्ठ २०७४ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App