८ वैशाख २०८१ शनिबार
खेल

एन्फा महिला लिग च्याम्पियनशिप ताप्लेजुङलाई

पाल्पा- एन्फा महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि ताप्लेजुङ्गले हात पारेको छ। शुक्रबार भएको खेलमा रौतहटलाई शून्यका विरुद्ध दुई गोल गर्दै ताप्लेजुङ्गले उपाधी चुमेको हो।

तानसेनको टुँडिखेल मैदानमा भएको फाईनलमा भुजुङ्ग राईले खेलको २३ औं मिनेटमा गोल गर्दै समूहलाई अग्रता दिईन् । खेलको ५५ औं मिनेटमा राईले नै पूनः अर्को गोल गर्दा रौतहटले गोल गर्न सकेन । यससँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको खेलमा ताप्लेजुङ्ग विजयी भएको हो।

विजयी ताप्लेजुङ टिमले तीन लाख रुपैयाँ नगद र ट्रफि प्राप्त गरेको छ । उपविजेता रौतहटले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्यो । खेलमा उत्कृष्ठ गोल रक्षकको उपाधी ताप्लेजुङकी लीला लामगादे, उत्कृष्ठ डिफेन्डर गिता राना मगर र उत्कृष्ठ मिडफिल्डर अनिता बस्नेतले प्राप्त गरिन्। यस्तै उत्कृष्ठ फर्वार्डको उपाधी रौतहटकी रम्मि घिसिङ्ग र उत्कृष्ठ कोचको उपाधी ताप्लेजुङ्गका देवकुमार लिम्बुले प्राप्त गरे। उनीहरुले नगद पन्ध्रपन्ध्र प्राप्त गरेका हुन् ।

कार्यक्रममा खेलाडीहरुलाई ट्रफी हस्तान्तरण गर्दै एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपालमा खेलकूदको प्रशस्त सम्भावना रहेको बताए । उनले नेपालमा एएफसी र साफ च्याम्पियनसीपको तयारी भैरहेको बताए। वालिङको खेलमैदानमा १४ र तानसेनको टुँडिखेलमा १४ जिल्लाको खेल खेलाईएको थियो। जेठ १६ गतेदेखी दुई जिल्लामा भएको खेलमा २८ समूहको सहभागिता रहेको थियो । ३० वर्षपछि तानसेनमा राष्ट्रिय स्तरको खेल सम्पन्न भएको हो।

प्रकाशित: २६ जेष्ठ २०७४ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App