७ वैशाख २०८१ शुक्रबार
राजनीति

खोटाङमा कांग्रेसका स्थानीय तह उम्मेदवार तय

खोटाङ– नेपाली कांग्रेसले खोटाङको १० स्थानीय तहमध्ये ९ तहको उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस जिल्ला समितिले टुंगो लगाउन नसकेपछि केन्द्रीय समितिले शुक्रबारसम्ममा दुई नगरपालिकाको मेयर/उपमेयर तथा सात गाउँपालिकाको प्रमुख/उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको हो। दिप्रुङ गाउँपालिकाको प्रमुख र उपप्रमुख बाहेक अन्य तहको उम्मेदवारको टुंगो लगाइसकिएको कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले बताए । कांग्रेसले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा राजनसेर राई र उपमेयरमा कान्ता बस्नेत, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ईवन राई र उपमेयरमा बिमला राईलाई टिकट दिएको छ । यस्तै, लामीडाँडा गाउँपालिकाको प्रमुखमा जनक कार्की र उपप्रमुखमा शोभा पाण्डे, साकेला गाउँपालिका प्रमुखमा ईच्छुराम राना र उपप्रमुखमा सरिता खड्का, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा खेमबहादुर खड्का र उपप्रमुखमा अनिता राईलाई उठाउने निर्णय भएको कांग्रेसले जनाएको छ।

यस्तै, केपीलासगढी गाउँपालिकाको प्रमुखमा समिर राई र उपप्रमुखमा गोपी निरौला, बराहपोखरी गाउँपालिकाको प्रमुखमा शालिकराम बञ्जरा र उपप्रमुखमा पुष्पलक्ष्मी श्रेष्ठलाई उठाउने निर्णय भएको छ। दिप्रुङ गाउँपालिका प्रमुखमा भूपेन्द्र राइको नाम आए पनि गुटगत समस्याले यसको विषयमा थप छलफल चलिरहेको सभापति श्रेष्ठले बताए । दिप्रुङमा उपप्रमुखको पनि नाम बाहिर आएको छैन ।

खोटेहाङ गाउँपालिका प्रमुखमा प्रेमकुमार राई र उपप्रमुखमा उषाकला राई, ऐसेलुखर्क गाउँपालिका प्रमुखमा बिश्वनाथ निरौला र उपप्रमुखमा शान्ति राईलाई उठाउने यसअघि नै निर्णय भइसकेको छ । खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकाको उम्मेदवार भने जिल्लामै सर्वसम्मत टुंग्याइएको थियो।

प्रकाशित: २६ जेष्ठ २०७४ १२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App