६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

कतारले आत्मसमर्पण नगर्ने

दोहा— साउदी अरेबिया नेतृत्वमा ६ मुलुकले लगाएको नाकाबन्दीप्रति कतारले आत्मसमर्पण नगर्ने बताएको छ । कतारका विदेशमन्त्री मोहमद् बिन अब्दुलरहमानले ती मुलुक सामु आत्मसमर्पण नगर्ने बताएका हुन्।

कतारले इस्लामिक समूहलाई समर्थन गरेको र आतंकवाद फैलाएको आरोप लगाउँदै गत सोमबार साउदी अरेबिया नेतृत्वमा ६ मुलुकहरुले कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। कतारले भने उक्त आरोपलाई खण्डन गर्दै कतार एक समृद्ध, सफल र प्रगतीवादी मुलुक भएका कारण ती राष्ट्रहरुले यसलाई एक्लाउन खोजेको धारणा राख्दै आएको छ।

विदेश मन्त्री रहमानले भने ती मुलुकहरू सामु कतारले आफ्नो विदेश नीतिमा फेरबदल नगर्ने बताए।

कतार खाद्यान्न आपूर्तिका लागि परनिर्भर राष्ट्र भएकाले उसले इरान र टर्कीबाट खाद्यान्नको आपूर्ति गर्न सुरु गरिसकेको मन्त्री रहमानले बताए।

विच्छेद गरिएको सम्बन्धलाई पुनःनिर्माण गर्नका लागि कुवेतले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न थालेको छ। साउदी अरेबिया नेतृत्वमा गरिएको सम्बन्ध विच्छेदमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ तथा समर्थन रहेको कतारका विदेश मन्त्रीको दाबी छ।

प्रकाशित: २६ जेष्ठ २०७४ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App