सपनाको सहर

'आफ्नै सहर मन पर्छन्'

शुक्रबार, २६ जेठ २०७४, १२ : २२ नागरिक

तपाईंलाई सबैभन्दा मनपर्ने सहर कुन हो?

धेरै मुलुक घुमिसके तर मलाई नेपालकै सहर मन पर्छन्। बनाउन सक्दा काठमाडौं असाध्यै राम्रो र सुन्दर हुन्छ। नेपालमा काठमाडौं, धरान र पोखरा मलाई एकदमै मनपर्ने सहर हुन्। यहाँ पाइने प्राकृतिक सौन्दर्य र वातावरणीय अनुकूलता विश्वका अरु कुनै पनि देशमा पाइँदैन। सबै नेपाली सरहका आफ्नै विशेषता छन्। अरु देशका सहर बनावटी सामग्रीले सजिएका छन् हाम्रा प्राकृतिक रूपले। नेपालका हरेक सहर राम्रा छन्, व्यवस्थित गर्न भने जरुरी छ।

काठमाडौं कसरी राम्रो बन्ला?

काठमाडौं कुरूप हुनुको मुख्य कारण अग्ला र अव्यवस्थित भवन निर्माण हो। सरकारले यसलाई प्राथमिकतामा राखेर व्यवस्थित गर्न जरुरी छ। नयाँ योजना ल्याइए पनि तिनले पूर्णता पाएका छैनन्। उपत्यका प्राकृतिकरूपमा पनि रमणीय छ। हरिया डाँडाकाँडाले उपत्यकावासीलाई शितल प्रदान गरिरहेका छन्। कागजी योजनालाई व्यवहारमा उतार्ने हो भने उपत्यकाका सहर विश्वकै नमुना बन्न सक्छन्। सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धँुवाधुलो रोकथाममा ध्यान दिए काठमाडौं अरु मुलुकका सहरभन्दा राम्रो बन्छ।

उपत्यकाको सबैभन्दा मनपर्ने र मन नपर्ने कुरा के हो?

मलाई उपत्यकाका मठमन्दिर एकदमै मन पर्छ। यहाँ हाम्रो मौलिक पहिचान बोकेका अमूल्य सम्पदा छन्। हाम्रो मुलुकका ढुङ्गाले पनि ठूलो विशेषता बोकेका छन्। नेपाल सानो र सुन्दर छ। मात्र यहाँको सरकार कमजोर भएको हो। सबै मिलेर सहरको विकास गर्न सकिन्छ। जनतालाई सिकाउने, चेतनशील बनाउने नीति ल्याएर विकास निर्माणका काम अघि बढाउँदा नेपाल नमुना बन्छ। धुलोधुँवा, प्रदूषण र ट्राफिक जाम यहाँको सबैभन्दा मन नपर्ने पक्ष होे।

काठमाडौं महानगरपालिकाको प्रमुख बन्न पाए के गर्नुहुन्थ्यो?

म काठमाडौंको मात्रै होइन सिंगो देशको विकास गर्न सक्छु। यहाँका सबैखाले समस्या समाधान गरी नागरिकलाई खुसी पार्न सक्छु। नागरिकलाई अनुशासित बनाउने, जनचेतना फैलाउनेलगायत काम उच्च प्राथमिकता दिनेछु।

प्रस्तुति : शिवहरि घिमिरे





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad