१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रक्तकालीमा सुनको गहना लुट्ने दुई म्यादी प्रहरी पक्राउ

काठमाडौं— मोरङ, सुन्दरपुर–८ घर भई भई हाल रक्तकाली बस्ने म्यादी प्रहरीमा सिंहदरवारमा कार्यरत २२ वर्षीय  सञ्जय भट्टराई र जुम्ला सिजा गाउँपालिका–२ घर भई हाल रक्तकालीमा बस्ने २० वर्षीय निशान रावललाई बुधबार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

भट्टराई र रावलले म्यादी पोषाकमा काठमाडौं महानगरपालिका–१८ रक्तकाली स्थित सुरजित मियाले सञ्चाालन गरेको सुन पसलमा गई आफुलाई प्रहरी हौ भनि परिचय दिई धम्की दिएर पसलबाट ३ तोला सुनको गहना लिई गएकाले प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी रौतहट घर भई हाल ललितपुर भोलढोका बस्ने ५० वर्षीय राजकुमार साहलाई ठगी गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको छ। शाहले मादक पदार्थ सेवन गरी काभ्रे घर भई ललितपुर उपमहानगरपालिका–७ टुपाट मंगलबजार बस्ने ४५ वर्षीया कुमारी लामालाई कानमा लगाएको १ तोला बराबरको सुनको रिङ मिलाई दिन्छु भनि ठगी गरी फरार भएका थिए।

प्रकाशित: २५ जेष्ठ २०७४ १४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App