३५ युवा ठग्ने पाटन सुन्धाराकी २४ वर्षे युवती प्रहरी फन्दामा

बिहिबार, २५ जेठ २०७४, १७ : ४७ दीपक खरेल  | @DeepakKharel037

ललितपुर – महँगा कपडा र जुत्ता। नयाँ मोडलको स्मार्टफोन। इन्टरनेशनल मेकअप। दैनिक वा कम्तिमा हप्तामा चार दिनसम्म काठमाडौं र झम्सिखेल क्लबमा पार्टी। खर्च दैनिक दुई देखि पाँचहजार उनको ठाँटबाट नै टोलमा अलग थियो। उनको हाउभाउ, लवाई–खवाई र कुराकानी शैली कसैलाई प्रभावित पार्न काफी थियो।

२४ वर्षे उनीविरुद्ध ३५ युवा ठगेको जाहेरी परिसकेको छ। सुन्धारा पाटन, सुन्धाराकी सुरक्षाको अपराधशैलीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

हो यिनै तथ्यको पृष्ठभूमि भएकी सुरक्षा बज्राचार्य १४ दिनदेखि अहिले महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छिन्। २४ वर्षे उनीविरुद्ध ३५ युवा ठगेको जाहेरी परिसकेको छ। सुन्धारा पाटन, सुन्धाराकी सुरक्षाको अपराधशैलीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

‘ठगिनेहरु अधिकांस आरोपीकै साथी छन्। स्कुलमा पढेका, स्थानीय र चिनजानमै ठगी गरेको भेटिएको छ,’ परिसरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले नागरिकन्युजसँग भने। अनुसन्धान अधिकारीका अनुसार सुरक्षाले अस्तित्वमै नरहेको एउटा कम्पनी बनाएकी थिइन्। त्यो कम्पनीले हस्तकलाका क्षेत्रमा कामगर्ने सुरक्षाले साथीभाईलाई भन्दै आएकी थिइन्। पाटनको सुन्धारा क्षेत्रकी उनले स्थानीय ब्यापारलाई नै ठगीको माध्यम बनाएकी थिइन्।

कम्पनी खोलेको चर्चासँगै सुरक्षाले साथीहरुलाई आर्कषक जागिरको प्रलोभन दिन थालेकी थिइन्। ‘आर्कषक जागिर भन्दै प्रतिब्यक्ति चार हजारदेखि १५ हजारसम्म लिएको निववेदन आएको छ, विश्वासमा लिन थापाथलीको एउटा कार्यालय देखाउने गरेको खुलेको छ,’ डिएसपी कार्कीले भने।

डिस्को र पार्टी जाने लतले उनी ठगी कर्मतर्फ लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीले सुरक्षाबिरुद्ध ठगी मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad