७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्ता कुटिए

खोटाङ – झण्डा झिकेको विषयमा भएको विवादकाक्रममा खोटाङमा कांग्रेस कार्यकर्तामाथि कुटपिट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयको घरमा एमाले कार्यकर्ताले राखेको झण्डा झिकेर आफ्नो झण्डा राखेको विषयमा डिकुवाका नेबिसंघका १७ वर्षीय कार्यकर्ता अर्जुन राउतलाई कुटपटि गरी घाइते बनाएका हुन् । 

आफ्नो पार्टीको झण्डा झिकेर कांग्रेसको झण्डा राखेको विषयमा सुरु भएको विवादपछि बुधबार राउतलाई सल्लेबाट गएका एमाले कार्यकर्ता धनकुमार भुजेलले कुटपिट गरेका हुन् । कुटपिटबाट राउतको बायाँ आँखामुनि र हातमा चोट लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए । कुटिएका राउतलाई जाँच पछि छाडिएको छ । कुटपिट गर्ने ३५ वर्षीय भुजेल भने प्रहरी नियन्त्रणमा छ । कांग्रेसका क्षेत्रीय सभापति इवन राईका अनुसार भुजेलले राउतलाई घरभित्रै पसेर कुटपिट गरेका थिए । 

झण्डा झिकेको विषयलाई दुवै पार्टीका नेता तथा कार्यकर्ता बसेर सहमतीमा टुंग्याइएको केही समयपछि भुजेलले राउतमाथि कुटपिट गरेका हुन् । एमाले कार्यकर्ता मानकुमारी राई, घनश्याम राई, जितेन राई, प्रदीप राई लगायतले राखेको झण्डा कांग्रेसका देबेन्द्र राई, चित्र खत्री लगायतको टोलीले घरमुलीलाई हटाउन लगाएर आफ्नो झण्डा राखेपछि विवाद सुरु भएको एमालेका हलेसी तुवाचुङ नगरपालिकाका मेयरका उम्मेदवार खडेन्द्र राईले बताए । 

आफ्ना कार्याकर्ता कुटिएकामा कांग्रेस हलेसी तुवाचुङ नगरपालिकाले विरोध जनाएको छ । झण्डा राखेको विषयमा विवाद भएपछि हलेसी, दुर्छिम लगायतका एमाले र कांग्रेसका नेता तथा कार्यकर्ता निर्वाचन आचार संहिता उल्लंघन गर्दै डिकुवा पुगेका थिए । विवादलाई शान्तिपूर्णरुपमा सहमतिमा टुंग्याउने प्रयास गर्नुको सट्टा नेताहरु नै दलबल सहित भेला भएका थिए । विवादका बेलामा संयमता अपनाउनुको सट्टा नेता नै शक्ति प्रदर्शनमा उत्रिएको स्थानीयको भनाई छ । 

प्रकाशित: २५ जेष्ठ २०७४ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App