coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा आमनिर्वाचनको मतदान सुरु

लन्डन – बेलायतमा बिहीबार आमनिर्वाचन हुदैछ । सो निर्वाचनका लागि बिहीबार मतदान खुलेको समाचारमा जनाइएको छ।

केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो छ । त्यसैले यस निर्वाचनका विषयमा पनि सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएका थिए। 

तर बिहीबार हुने यस निर्वाचनका लागि मतदान सुरु भएको समाचारमा जनाइएको छ । केही समयअघि देखि मतदान सुरु भएको र शान्तिपूर्ण रुपमा जारी रहेको लन्डनबाट प्राप्त समाचारमा जनाइएको छ । 

प्राप्त सो समाचारअनुसार निर्वाचन खुलेको छ र देशैभरि मतदान भइरहेको छ । सुरक्षा व्यवस्थालाई भने निकै नै कडा पारिएको पनि सो समाचारमा उल्लेख छ । 

निर्वाचनमा मुलत बेलायती प्रधानमन्त्री टेरेसा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनको बीचमा प्रतिश्पर्धा हुने देखिएको छ । 
यसअघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिन्थ्यो । तर पनि पछिल्लो समयमा भने लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको बताइन्छ । 

बेलायतमा निरन्तर रुपमा भइरहेको आतङ्ककारी हमलाका कारण प्रधानमन्त्री मेको निकै आलोचना भएको छ । पछिल्लो समय गतहप्ता मात्र पनि बेलायतमा यस्तै हमला भएको छ । 

शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो । सोही कारणले गर्दा पनि उनको लोकप्रियता पछिल्लो समयमा घटेको छ ।
त्यसैले लेबर पार्टीका नेताको पक्षमा सो परिणाम जानसक्ने अवस्था पनि देखिएको बताइएको छ । 

प्रकाशित: २५ जेष्ठ २०७४ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App