७ वैशाख २०८१ शुक्रबार
समाज

टिपरले किचेर युवकको मृत्यु

चौतारा – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ बतासेमा गएराति टिपरले किचेर एक युवकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही वडा निवासी २२ वर्षीय दिनेश थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

खानेपानी योजनाका लागि राति ११ बजे बालुवा लिएर गएको बा १ ख २९८७ नम्बरको मिनिटिपर उकालो चढ्न नसकी ओत राख्ने क्रममा पछि सरेर गाडीकै सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: २५ जेष्ठ २०७४ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App