७ वैशाख २०८१ शुक्रबार
समाज

गठ्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर—मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा गएराति १ बजे टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मध्यराति १ बजे भक्तपुरबाट सानोठिमीतर्फ मोडिँदै गरेको बा ४ ख ८१८० नम्बरको टिपरले काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको बा ७० प ३३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २५ वर्षीय नीरज मल्ल ठकुरीको मृत्यु भएको छ। मोटरसाइकलमा सवार निजकै भाइ वर्ष २२ का अजय मल्ल ठकुरी गम्भीर घाइते भएका छन्।

दुर्घटनापछि उपचारका लागि दुवै घाइतेलाई नागरिक अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि बिएन्डबी अस्पताल, ललितपुर लगिएको र उपचारकै क्रममा एकको मृत्यु भएको र घाइतेको उपचार भइरहेको छ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले टिपर र टिपर चालक सिन्धुपाल्चोक घर भई हाल चाबहिल बस्दै आएका गोविन्द गिरीलाई नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: २५ जेष्ठ २०७४ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App