coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

शिवरामको अग्रता यथावत्

काठमाडौं- नेपाल नम्बर एक व्यावसायिक खेलाडी शिवराम श्रेष्ठले उच्च प्रदर्शनलाई निरन्तरता दिँदै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा तेस्रो दिन बिहीबार पनि अग्रता कायम राखेका छन्। अघिल्लो दिन अग्र स्थानमा उक्लिएका शिवरामले बुधबार ७२ पारको गोकर्ण गल्फ क्लबमा ५ अन्डर ६७ खेल्दै दोस्रो स्थानका सूर्यप्रसाद शर्मालाई पाँच स्ट्रोकले पछि पारेका छन्।

अन्तिम दिनको खेल बाँकी रहँदा शिवरामको समग्र स्कोर १८ अन्डर १ सय ९८ छ। पहिलो दिन ६ अन्डर ६६ खेलेका शिवरामले दोस्रो दिन ७ अन्डर ६५ को कार्ड बनाएका थिए। बुधबार ३ अन्डर ६९ खेलेका सूर्यप्रसाद शर्मा समग्रमा १३ अन्डर २ सय ३ स्कोरका साथ दोस्रो स्थानमा छन्।

यसै गरी सञ्जय लामा (७१) समग्रमा १० अन्डर २ सय ६ स्कोरका साथ तेस्रो स्थानमा रहँदा धनबहादुर थापा (७३) ७ अन्डर २ सय ९ स्कोरका साथ चौथो स्थानमा छन्। बुधबार दुर्भाग्यजनक रूपमा ५ ओभर ७७ को स्कोरमा सीमित भएका भुवन नगरकोटी २ अन्डर २ सय १४ स्कोरका साथ पाँचौं स्थानमा छन्।

एमेच्योर शुक्रबहादुर राईले पनि उच्च फर्मलाई निरन्तरता दिँदै छैटौं स्थानमा पकड बनाएका छन्। ३ ओभर ७४ खेलेका शुक्रबहादुर समग्रमा इभनपार २ सय १६ स्कोरका साथ छैटौं स्थानमा रहँदा उनीभन्दा तीन स्ट्रोकले पछि रहेका रामे मगर र तीर्थ पौडेल संयुक्त रूपमा सातौं स्थानमा छन्। यसै गरी समान ४ ओभर २ सय २०  स्कोरका साथ जयराम श्रेष्ठ, राजेन्द्र थापामगर र रवि खड्का संयुक्त रूपमा नवौं स्थानमा छन्।

एमेच्योरतर्फ शुक्रबहादुरभन्दा ६ स्ट्रोकले पछि रहेका टंकबहादुर कार्की समग्रमा ६ ओभर २ सय २२ स्कोरका साथ दोस्रो तथा ९ ओभर २ सय २५ स्कोर भएका विजय श्रेष्ठ इनहाउस तेस्रो स्थानमा छन्। समग्रमा टंक १३ तथा विजय १७औं स्थानमा छन्।

कुल १२ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा उपाधि जित्ने व्यावसायिक खेलाडीले २ लाख २० हजार रुपैयाँ पाउने प्रतियोगिताको आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ। यसै गरी सूर्य नेपाल टुरअन्तर्गत सिजनको अन्तिम प्रतियोगितामा उपविजेताको भागमा १ लाख ३४ हजार पर्नेछ भने तेस्रो हुनेले ९० हजार, चौथो हुनेले ७४ हजार तथा पाँचौं हुनेले ६५ हजार रुपैयाँ पाउने बताइएको छ। मंगलबार ३६ होलको खेल समाप्ति भएपछि बाँकी दुई दिनका लागि शीर्ष २४ व्यावसायिक र ६ एमेच्योर खेलाडीको छनोट (कट) गरिएको थियो। कटमा सफलता प्राप्त गर्दै तेस्रो र चौथो दिनको खेलका लागि छानिएका सबै २४ व्यावसायिक खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन्।

कुल १२ लाख रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा उपाधि जित्ने व्यावसायिक खेलाडीले २ लाख २० हजार रुपैयाँ र उपविजेताले १ लाख ३४ हजार रुपियाँ प्राप्त गर्ने प्रतियोगिताको आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजिए) ले जनाएको छ।

प्रकाशित: २५ जेष्ठ २०७४ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App