८ वैशाख २०८१ शनिबार
समाज

अदालतले कैदी छोड्यो, परिवार लिनै आएनन्

ललितपुरस्थित नक्खु कारागार

ललितपुर– उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएका एकजना कैदी ४५ दिनदेखि कारागारमै छन्। मानसिक रोगी रहेका कर्तब्य ज्यान मुद्दाका गौबहादुर गुरुङलाई परिवार लिन नआउँदा उनी नख्खु कारागारमै बस्न बाध्य भएका हुन्। 

उच्च अदालतले बैशाख १० गते चलानी नम्बर ४८५८ को थुनामुक्त आदेशमा गुरुङलाई अभिभावक वा संरक्षकको रोहबरमा छाड्न आदेश दिएको थियो। कारागार कार्यालयले बैशाख ११ देखि नै तनहुँमा रहेका गुरुङका परिवारलाई लिन आउन ताकेता गरेपनि बुधबारसम्म कोही आएका छैनन्। 

‘हामीले अदालतको आदेश आएकै दिनदेखि थुनामुक्त गरेका थियौं, परिवार र संरक्षकको जिम्मा लगाउन नसक्दा यहीँ छन्,’ कारागार प्रमुख उपसचिव टेकबहादुर केसीले भने। उनका अनुसार कारगार मुक्त भएका तनहुँकै अर्का कैदीसँगै गुरुङलाई तनहुँ पठाए पनि परिवार लिन नआएपछि फिर्ता ल्याएका थिए। 

‘फेरि घटना हुन्छ भन्छन, मर्ने खलक भित्रकै भयो, हामी सल्लाह गर्दैछौ,’बिष्णुले बुधबार नागरिकसँग टेलिफोनमा भने । उनका अनुसार कारागार कार्यालयले छुटेको खबरसँगै लिन आउन आग्रह गरेपनि परिवार निर्णयमा पुग्न सकेको छैन।

बहादुरलाई तनहुँ लिएर गएका प्रहरी हवल्दार लिलाबहादुर राना, जवान दीपक बोहरा र प्रमोद नेपाल तथा चालक संजिव नापितले स्थानिय बेल चौतारा प्रहरीमार्फत बारम्बार परिवारसँग सम्पर्क गर्दा समेत कोही नआएपछि फिर्ता ल्याएको मुचुल्का कार्यालयमा बुझाएका छन्। मुचुल्कामा बेलचौतारा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र अधिकारी समेतलाई परिवारले गौबहादुरलाई फिर्ता लैजान दवाब दिएपछि फिर्ता ल्याएकोे उल्लेख छ। प्रनि अधिकारीले एकजना कैदी परिवारलाई बुझाउने बिषयमा कारागार कार्यालयले सम्पर्क गरेको बताए। 

तनहुँ सप्तगण्डकी नगरपालिका स्थायी ठेगाना भएका गौबहादुरलाई २०७२ चैत्र २५ गते तनहुँ जिल्ला अदालतले कर्तब्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको थियो। उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाउदै बैशाख ११ गते सफाई दिएको हो। गौबहादुरले आफ्नै काकीको हत्या गरेको आरोप लागेको थियो। 

जिल्ला अदालतको आदेशपछि तनहुँ कारागारमा रहेका गौबहादुरलाई उपचारका लागि नख्खु कारागार सरुवा गरिएयता उनी यहीँ छन्। कारागार प्रमुख केसीका अनुसार उनलाई नियमित मानसिक अस्पताल पाटन लैजाने र औषधी खुवाउने काम कारगार प्रशासनले गर्दै आएको छ। 
‘धेरै सुधार भएको पाएको छु, बिरामी मान्छेलाई आफन्त लिन नआएसम्म बेवारिसे छाड्न भएन, मन्त्रालय, विभाग र स्थानीय प्रशासनलाई जानकारी गराएको छु’ केसीले नागरिकन्युजसँग भने। कारागार कार्यालयले बैशाख ११ गते उच्च अदालत पोखरा, कारागार ब्यवस्था विभाग र दुबै कारागार सुरक्षा कार्यालयलाई पत्र लेख्दै गौबहादुरलाई थुनामुक्त गरेको थियो।

तनहुँस्थित गौबहादुरका आफन्त बिष्णु गुरुङले गौबहादुरलाई ल्याउने वा नल्याउने भन्ने बिषयमा टोलमा सल्लाह भै रहेको बताए। उनले भाईले पुरानै घटना दोह¥याउने त्रासमा टोलबासी फिर्ता ल्याउने पक्षमा छैनन । उनका अनुसार गाँउमा पहिलो घटना भएको र मृतक परिवारभित्रकै रहेकाले फिर्ता ल्याउने बिषयमा छलफल भै रहेको बताए।

‘फेरि घटना हुन्छ भन्छन, मर्ने खलक भित्रकै भयो, हामी सल्लाह गर्दैछौ,’बिष्णुले बुधबार नागरिकसँग टेलिफोनमा भने । उनका अनुसार कारागार कार्यालयले छुटेको खबरसँगै लिन आउन आग्रह गरेपनि परिवार निर्णयमा पुग्न सकेको छैन।

गौबहादुरका छिमेकी नन्दलाल गुरुङले परिववारभित्र भएको घटनाका कारण पारिवार र छिमेकीलाई समेत त्रास रहेको बताए। उनले गौबहादुरलाई ल्याउनु अघि गाँउलेको अनुमतिका लागि एकमहिना बढीदेखि छलफल भै रहेको बताए। नख्खु कारागारको सिआरसी बल्कमा रहेका गौबहादुर दिनहुँ पाँच दाजुमध्ये एकजना लिन आउने आशमा हुन्छन्। उनले बुधबार समेत दाजु बिष्णु आउने आशा बल्कका अन्य कैदीबन्दीलाई सुनाएका थिए। 

‘परिवार आएपछि जाने हो, घर जान मन लागेको छ, औषधी खादै छु’ गौबहादुरले बुधबार भने। उनलाई सबै घटना याद छ। उनले घटनाले पश्चताप लागेको बताए। नख्खु कारागारमा गौबहादुरलाई नियमित औषधी र सरकारी राशनमा राखिएको छ।

देशभरका कारागार कार्यालयले केन्द्रीय मानसिक अस्पताल ललितपुरमा रहेकाले रोगीलाई नख्खु कारागार सरुवा गर्ने गरेको छ। हाल ८५ जना मानसिक रोग भएका कैदीबन्दी कारागारमा छन्। 

‘अदालतको आदेश अनुसार गर्नुपर्ने र रोगीलाई छोड्न नमिल्ने हुन्छ, अब यस्तै अवस्था रहे थप कैदीबन्दी रिहापछि पनि यस्तै समस्या आउन सक्ने देखियो,’ कारागार प्रमुख केसी भन्छन्। 

 

प्रकाशित: २५ जेष्ठ २०७४ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App