७ वैशाख २०८१ शुक्रबार
समाज

डा. केसीको अभियानका पक्षमा बृहत् सञ्जाल गठन

काठमाडाैं– महाराजगञ्जस्थित शिक्षण अस्पताल प्रांगणमा आज बसेको भेलाले ‘सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्स’ नामक सञ्जालमार्फत औपचारिक रुपमा यो अभियानलाई अघि बढाउने निर्णय गरेको छ।

डा.केसीको स्वास्थ्य नाजुक भइसक्दा समेत राज्यले उचित सम्बोधन नगरेको एवं आवश्यक गम्भीरता, जिम्मेवारीबोध र सवेदनशीलतासहित समस्या समाधानको पहल नगरेको पृष्ठभुमिमा साउन ८ गते शनिवार माइतीघर मण्डलादेखि बानेश्वरसम्म बृहत् प्रदर्शनको आयोजना गर्ने निर्णयसमेत उक्त सञ्जालले गरेकाे छ। यसबीच अहिले राज्यसित चलिरहेको अनौपचारिक संवादलाई जारी राखेर सकेसम्म छिटो औपचारिक वार्ता गर्न दबाब दिने र सम्भव सबै उपाय अपनाएर यो अभियानलाई तार्किक निश्कर्षमा पुर्याउने अलायन्सले निर्णय गरेकाे छ।

डा. केसीको आमरण अनशनको यो चरण टुंगिइसकेपछि पनि सञ्जालले अब भएका सम्झौताहरु विगतमा झैं उल्टिन नदिन राज्यलाई निरन्तर खबरदारी गरिरहने पनि जनाएकाे छ। साथै यो एजेण्डामा आधारित सञ्जाल भएकाले यसमा जोडिन चाहने सबै व्यक्ति र संघसंस्था एवं दलहरुका लागि समेत बाटो खूलै राख्ने र सञ्जालका सदस्यहरुले त्यस्ता नयाँ सदस्यहरु सक्रिय रुपमा खोज्न लाग्ने समेत यो बैठकको निर्णय गरेकाे छ।

सञ्जालको दैनिक बस्ने बैठकले थपिंदै जाने सदस्यहरुलाई समेट्दै र अभियान सफल बनाउने रणनीतिहरु तय गर्दै जाने जनाएकाे छ । सञ्जालसित जोडिन दैनिक बिहान १० बजे हुने बैठकमा सामेल हुने गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रांगणमा पुग्न वा सञ्जालका कुनै सदस्यहरुसँग सम्पर्क गर्न सकिने सञ्जालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

डा.जीवन क्षेत्रीकाे संयाेजकत्वमा गठित सञ्जालमा राजनीतिक दलका तर्फबाट नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टरार्इ, विवेकशील नेपाली दलका  अध्यक्ष उज्ज्वल थापा, विवेकशील नेपाली दलका प्रवक्ता रमेश पौड्याल सदस्य छन्।

त्यस्तै मेडिकल विद्यार्थी र चिकित्सक तर्फबाट लिजन महर्जनलगायत छन्। 

प्रकाशित: ४ श्रावण २०७३ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App