coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'देउवाको सत्तारोहण लोभको उपज'

काठमाडौं- राजनीतिक विश्लेषक डा. सुन्दरमणि दीक्षितले मुलुक सिद्धान्त र विचारका आधारमा चल्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको कार्यक्रममा दीक्षितले शेरबहादुर देउवा विचारको हिसाबभन्दा पनि सत्ताको लोभबाट प्रधानमन्त्री बनेको बताए। उनले भने, 'यसले मुलुकलाई सहज अवस्थामा पुर्‍याउँदैन। कुनैबेला टाउकाको मूल्य तोक्ने र गोली ठोक्नेहरू आज कुन विचारको आधारमा एक भए? यसभित्र ठूलो रहस्य छ, सत्ता हत्याउने र परिवारलाई निर्वाचनमा जिताउनका लागि मात्रै हो।'

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न देउवा र पुष्पकमल दाहाललाई मधेसमा गएर त्यहाँका जनताको आवाज सुन्नसमेत उनले सुझाव दिए।

दीक्षितले भारतसँगको सम्बन्ध जतिसक्दो चाँडो सुल्झाउनुपर्ने बताए। उनले भने, 'देउवासामु भारतसँगको सम्बन्ध सुधार गर्नु अर्को चुनौती छ। अब भारतसँग निर्वाचनमा लड्ने पैसा माग्ने होइन। सत्तामा बस्नका लागि शिर निहुराउने होइन।' अरुले जे भने पनि भारतका प्रधानमन्त्री नरेन्दं्र मोदीले नेपाललाई हेर्ने दृष्टिकोण निकै फरक रहेको उनले बताए।

प्रकाशित: २५ जेष्ठ २०७४ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App