४ वैशाख २०८१ मंगलबार
समाज

न्याय नपाएको गंगामायाको गुनासो

काठमाडौं- छोरा मारिएपछि न्याय माग्दै तीन वर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले न्याय नपाएको गुनासो गरेकी छन्। बुधबार आयोजित एक कार्यक्रममा गंगामायाले छोरा मारिएको १३ वर्ष भइसक्दा पनि आफूले न्याय नपाएको बताइन्। उनले जुनसुकै सरकार आए पनि आफूले न्याय नपाएको गुनासो गरिन्।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी मारिएको १३ वर्ष पूरा भएको भन्दै नागरिक समाजले वीर अस्पतालअगाडि लालटिन बालेर विरोध जनाएको थियो।

गंगामायाका लोग्ने नन्दप्रसाद अधिकारीको अनशन बसेकै अवस्थामा निधन भएको दुई वर्ष भइसकेको छ।

जुनसुकै सरकार आए पनि न्याय नपाएकाले गंगामायालाई न्याय दिलाउन लालटिन बालेर विरोध गरेको नेपाल मानवअधिकार संगठनका महासचिव महामुनिश्वर आचार्यले जानकारी दिए।

प्रकाशित: २५ जेष्ठ २०७४ ०१:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App