coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लन्डन ब्रिजका थप एक आक्रमणकारी पक्राउ

लन्डन –  बेलायतको प्रंहरीले लन्डन ब्रिजमा आक्रमणको आरोपमा बुधबार थप एक जनालाई पक्राउ गरेको छ । एकजना ३० वर्षीय युवकलाई बुधबार पक्राउ गरेको जनाइएको छ । 

लन्डनका दुई वटा स्थानमा भएको यस आक्रमणमा सात व्यक्तिको मृत्यु हनुको साथै अन्य ४८ जना घाइते भएका थिए । पूर्वी लन्डनको इल्फोर्ड उपनगरमा ती व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ । 

गत शनिबार भएको आक्रमणको इस्लामिक स्टेट्स् ९आइएस० आतङ्ककारी समूहले जिम्मा लिएको थियो । 

शनिबार भएका आक्रमणको आरोपमा हालसम्म अन्य १२ व्यक्ति पक्राउ परी सकेका छन् । 

लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले बार र रेष्टुरेन्टमा जथाभावी छुरा प्रहार गरेका थिए । 

बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउँदै बेलायतकै लन्डन ब्रिज नजिक अर्को भीषण आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप नै भयभीत भएको थियो । 

मारिनेमा थप एक फ्रान्सेली 

यसैबीच लन्डनमा भएको हमलामा परी मारिनेमा अर्का एकजना फ्रेन्च पनि परेका छन् । फ्रान्सेली विदेशमन्त्री जिन एभ्स लि ड्रियनले सो बारेमा जानकारी दिएका छन्। 

आफूलाई यस घटनाले निकै नै दुःख लागेको छ कि अर्का एकजना फ्रान्सेलीको लन्डन आक्रमणबाट निधन भएको छ, उनले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा भनेका छन्। 

लन्डनमा ब्रिजमा भएको हमलमा परी यसअघि नै एकजना फ्रान्सेली नागरिकको ज्यान गएको थियो । 

प्रकाशित: २४ जेष्ठ २०७४ १४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App