coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुई जनालाई मानव बेचबिखन मुद्दा दायर

इटहरी –  चार महिनाअघि खोटाङबाट जागिरको खोजीमा एक युवती इटहरी झरिन् । शहरमा प्रसस्तै अवसर हुने सोचले गर्दा ती युवती इटहरी झरेकी हुन् । जागिर खोज्ने क्रममा ठूल्ठूला व्यापारिक प्रतिष्ठानदेखि लिएर थुप्रै होलसेल पसलमा पुगेर अनुनय गरिन, तर पाइनन् । 

जागिरकै खोजीमा भौतारिएको बेला ती युवतीको इटहरी वडा नं. ५ की एक महिलासँग सम्पर्क हुन पुग्यो । ती महिलाले होटल म्यानेजर जागिर लगाई दिने आश्वासन दिइन् । युवती हर्षले गद्गद भइन् । 

इटहरी वडा नं. ५ की रुद्रमाया खड्काले ती युवतीलाई उदयपुर त्रियुगा वडा नं. १३ को रिभर साइड होटलमा काम लगाउने सर्त अनुसार लिएर गइन् । ती युवतीलाई रुद्रमायाले लहान पुर्याएर होटल सञ्चालक सुनसरी इनरुवा घर भएका केदारप्रसाद पोखरेललाई बोलाएर जिम्मा दिइन् । होटल सञ्चालक पोखरेलले युवतीलाई होटल म्यानेजरको काम गर्न भनी त्रियुगा लगे । 

होटलमा लगेपछि जुन काम सोचेकी थिइन् ती युवतीले पाइनन् । बरु कहिल्यै कल्पना नगरेको गलत काम गर्नु परियो । ती युवतीलाई होटलमा राखेर यौनधन्दा गर्न होटल सञ्चालकलले लगाएको प्रहरी बयानमा उल्लेख छ । 

दुईं महिनासम्म उनलाई जर्वरजस्ती यौनधन्दा गर्न लगाइयो । जीवनमा उनले कहिल्यै आफूजस्ता महिलाले त्यस्तो गलत कार्य गर्न लगाउँछन् भनेर सोचेकी थिइनन् । उनलाई डर, त्रास, धाक–धम्की दिएर यौनधन्दा गर्न लगाएको उजुरीमा उल्लेख  छ।

यौनधन्दा गर्न लगाउनुका साथै उनीमाथि घिनलाग्दो रुप जर्वरजस्ती करणी समेत गर्न लगाएपछि  ती युवतीले दुई महिनापछि त्यहाँबाट फुत्केर प्रहरी समक्ष उजुरी दिइन् । उनले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिएपछि त्यहाँबाट पक्राउ गरि कारबाही गर्न इलाका प्रहरी कार्यालय इटहरीलाई पत्रचार गरियो । त्यही पत्रचारका आधारमा इटहरी प्रहरीले होटल सञ्चालक पोखरेल र रुद्रमाया खड्कालाई पक्राउ गरी मुद्दा चलाएको छ।  पोखरेल र खड्कालाई मानव बेचबिखन तथा ओसारपसारसँगै जर्वरजस्ती करणीमा मुद्दा चलाएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

प्रकाशित: २४ जेष्ठ २०७४ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App