coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

६ वर्षअघिको हत्या अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सर्लाही– सर्लाहीको बत्रौलमा एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेर ६ वर्षअघि जिल्ला सरकारी वकिल कार्यालयबाट हाजरी जवानीमा छुटेका अभियुक्तलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

महिला हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परी सरकारी वकिल कार्यालयबाट हाजरी जवानिमा छुटेका बत्रौल–८ का ४८ वर्षीया फेकन रायलाई मंगलबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

०६५ मंसिर ११ गते बत्रौल–७ की ४५ वर्षीया छठियादेवी माझीलाई धान चोरी गरेको आरोपमा दिउँसो कुटपिट गरी गाउँ घुमाएर राती हत्या गरेका थिए। उनको शव भोलिपल्ट बिहान खेतमा फेला परेको थियो।

छोरो सुरेश माझीको किटानी जाहेरीमा छठियाको हत्या आरोपमा बत्रौल–८ का परीक्षण राय र फेकन राय ०६६ चैत्र १७ गते पक्राउ परेका थिए। ०६६ चैत्र २६ गते सरकारी वकिलको कार्यालय र प्रहरीले प्रतिवेदन कमजोर बनाएपछि दुबै सछिलै उम्किएका थिए।

हत्या आरोपमा पक्राउ परेका राय द्वयले घटना मिलाउन छठियाकी श्रीमान अवध माझीलाई ०६६ चैत्र १८ गते बत्रौल–७ मा १ लाख मूल्यमा २७ धुर घडेरी खरिद गराएका थिए। आरोपितहरुले विलट रायसँग घटना मिलाउन जग्गा खरिद गराएको पोख्त प्रमाण फेला परेपछि जिल्ला प्रहरीले पुनः फाइल अनुसन्धान थालेका थिए।

अनुसनधान पूरा भएपछि आरोपित फेकनलाई ०७३ असार २१ गते पक्राउ गरी आइतबार सरकारी वकिल कार्यालयमा पेश भएका थिए। मंगलबार अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको प्रहरी उपरीक्षक उत्तम सुवेदीले बताए। हत्याका अर्का अभियुक्त परीक्षण राय फरार छन् रहेको उनले बताए।  

फाइल हेर्दा होस्टाइल बनाइएको पाएपछि पुरानो फाइलको अनुसन्धान पुनः शुरु गर्दा सफलता हात लागेको प्रहरी उपरीक्षक सुबेदीले बताए। एक महिनाअघि मात्रै सर्लाही प्रहरी प्रमुख भएर आएका सुवेदी जघन्य अपराधका पुराना फाइलको अनुसन्धानमा व्यस्त छन्। जिल्लालाई अपराध र अपराधि मुक्त बनाउने अभियानमा लगेका सुवेदीले भने, ‘सर्लाहीमा अनुसन्धान हुन नसकेका विभत्स हत्याका घटना अनुसन्धानको पहिलो चरणमा छ।’

जिल्लामा फरार अपराधी पक्राउ गर्ने अभियान निरन्तरता पाएको सुवेदिले बताए ।

 

प्रकाशित: ४ श्रावण २०७३ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App