७ वैशाख २०८१ शुक्रबार
समाज

चावहिलमा गर्भपतन निहूँमा प्रेमिकाको हत्या

काठमाडौँ – काठमाडौँको चावाहिल नजिकै गंगाहिटीमा एक युवकले गर्भपतन गरेको निहूँमा प्रेमिकाको हत्या गरेका छन्। रामेछाप रस्नालु –८ घर भई गंगाहिटी बस्दै आएकी २३ वर्षीया संचिता पाख्रिन (तामाङ)को उनका प्रेमी दोलखा वैतेश्वर २ का २४ वर्षीय प्रशान्त तामाङले हत्या गरेका हुन् ।

संचिताको पेटमा बच्चा रहेको र प्रशान्त उक्त बच्चा जन्माउने आशय राख्दा संचिताले गर्भपतन गरेको बताएपछि उनीहरूबीच विवाद भएको थियो ।

हत्या गरी फरार प्रेमी प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा अपराध महाशाखाको टोलीले २०७४ जेठ २३ गते पक्राउ गरी थप कानूनी कारवाहीका लागि महानगरिय प्रहरी वृत्त गौशाला पठाएको छ । 

प्रशान्त र संचिताबीच २ वर्ष अगाडि प्रशान्तको भतिजको श्रीमती गंगा तामाङमार्फत चिनजन भएको थियो । सामान्य चिनजान प्रेम सम्बन्धमा परिणत भएपछि उनीहरू नियमित भेटघाट गर्ने, विभिन्न स्थानहरूमा घुम्न जाने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।  

सोही क्रममा केही महिनादेखि प्रशान्त आफैँले संचितालाई गंगाहिटीमा कोठा खोजिदिएर भाडा पनि आफैँले दिने गरेको र दुबैजना सँगै बस्ने गरेका थिए । उनीहरूबीच २०७४ असारमा विवाह गर्ने सल्लाह समेत भएको थियो । 

त्यही बीचमा संचिताको पेटमा बच्चा रहेको र प्रशान्त उक्त बच्चा जन्माउने आशय राख्दा संचिताले गर्भपतन गरेको बताएपछि उनीहरूबीच विवाद भएको थियो । विवादकै क्रममा ०७४ वैशाख ५ गते गते प्रशान्तले संचितालाई खाटमा लडाइ घाँटी थिची सलले घाँटी कसी हत्या गरेका थिए । हत्या गरी मृतकलाई सिरकले छोपी कोठा बाहिरबाट ताला लगाइ उनी फरार भएको अनुसन्धानमा खुलेको छ । 

 

प्रकाशित: २४ जेष्ठ २०७४ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App