७ वैशाख २०८१ शुक्रबार
राजनीति

कामु प्रधानन्यायाधीश पराजुलीद्वारा काम सुरु

काठमाडौँ – वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले आजदेखि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको काम सुरु गरेका छन्। 

प्रधानन्यायाधीश सुशीला कार्की मङ्गलबार उमेर हदका कारण सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश पराजुलीले कायममुकायम न्यायाधीशका रुपमा काम सुरु गरेका हुन्। 
पराजुलीले बुधबारदेखि इजलास र पेसी तोक्ने काम सुरु गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। 

न्यायपरिषद्ले बैठक बसी प्रधानन्यायाधीशमा नाम सिफारिस गर्नुपर्ने भए पनि हालसम्म बैठक नै बसेको छैन । रासस 

प्रकाशित: २४ जेष्ठ २०७४ १२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App