७ वैशाख २०८१ शुक्रबार
समाज

डा.केसीको पक्षमा इटहरीमा प्रदर्शन

इटहरी- दस दिनदेखि अनसनरत डा. गोविन्द केसीको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग राखेर मंगलबार इटहरीमा युवाहरुले सरकारलाई दबाब दिएका छन्। केसीले उठाएका मागबारे सरकार मौन बसेको भन्दैं यहाँका युवाहरुले दबाब दिएका हुन्।

सचेत युवाहरु नामक संस्थाको अगुवाईमा युवाहरुले इटहरीको चौरास्त चोकमा भेला भएर केसीका जायज माग पुरा गर्न दबाब दिए । पानीले रुझ्दै ‘मेरो देशका लागि एक घण्टा’ नामक कार्यक्रममार्फत चौरास्त चोकमा युवाहरु भेला भएर दिउँसो ३ बजेदेखि ४ बजेसम्म बाँच्न पाउने अधिकार र जीवन रक्षा गर्न माग गरिएका प्ले कार्ड प्रदर्शन गरे।

 युवा समूहले मंगलबार र बुधबार एक–एक घण्टा चौरास्त चोकमा भेला भएर दबाब दिने निर्णय गरेको समूहका संजोजक सम्राट थापाले बताए । उनका अनुसार बुधबारपछि डा. केसीका माग पुरा गर्न अझ कडा ढंगले कार्यक्रम अघि सार्ने बताए । ‘डाक्टर गोविन्द केसीले उठाएका माग आम नेपालीको बिषय हो,’ उनले भने, ‘संविधान प्रदत बाँच्न पाउने अधिकार सरकारले पुरा गर्नुपर्छ ।’ केसीले यसभन्दा अघि आमरण अनसन बस्दा पनि इटहरीमा माग पुरा गर्न दबाबका लागि प्रदर्शन भएका थिए।

यसैबीच, केसीका माग पुरा गर्न दबाब दिदैं धरानका बासु चालिसेले पनि बिहानदेखि साँझसम्मै चोकमा प्ले कार्ड सहित उभिएर दबाबमूलक कार्यक्रम थालेका छन् । उनले दुई दिनसम्म धरानको भानु चोकमा बसेर दबाब दिएभने दुई दिनदेखि इटहरीको चौरास्त चोकमा बिहानदेखि साँझसम्म प्ले कार्डसहित उभिएर बस्ने गरेका छन् । ‘नेपालका लागि महात्मा गान्धी डा. गोविन्द केसी हुनुहुन्छ,’ उनले भने, ‘उहाँका माग पुरा गर्न ढिलाई भए राजनीतिक दलका नेताबिरुद्द पनि जनताले आन्दोलन थाल्नेछन् ।’ उनले प्रधानमन्त्रीसँगै मुख्य दलका नेताहरुलाई तत्काल केसीका माग पुरा गरेर माफियातन्त्रको अन्त्य गर्न माग गरे।

 

प्रकाशित: ४ श्रावण २०७३ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App