८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

काठमाडौँ – नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक गइ सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सहिद स्मारक गइ सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन्। 

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए। 

यसैबीच, प्रधानमन्त्री देउवा आजै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा जानु भई काँग्रेसका संस्थापक एवम् दिवङ्गत शीर्ष नेताहरुको तस्विरमा माल्र्यपण गरे । 

उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् काँग्रेसका नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिरमा माल्यर्पण गरेका थिए। 

यसैगरी प्रम देउवाले कार्यालयस्थित आफ्नो पार्टी सभापतिको कार्यकक्षमा गई एक छिन बसेका थिए। पार्टी कार्यालयमा पुग्दा नवनिर्वाचित प्रमलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए। रासस 

प्रकाशित: २४ जेष्ठ २०७४ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App