८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिपरिषद्को पहिलो बैठक :  तोकिएकै समयमा निर्वाचन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहणसँगै  मन्त्रीपषिद्को पहिलाे बैठक सम्पन्न भएको छ । बैठकमा देउवा सरकारको पहिलो प्राथमिकताको विषयमा छलफल भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।  

उनका अनुसार बैठकमा संविधानको कार्यान्वयन र संक्रमणकालिन व्यवस्थापन, स्थानीय तहको दोश्रो चरणको निर्वाचन तोकेको समयमा नै सम्पन्न गर्ने, ०७४ माघ ७ गतेभित्र संघीय संसद र प्रदेशकको निर्वाचन गर्ने,  पुनःनिर्माणका कार्य प्रभावकारी र तीव्र बनाउने, आर्थिक समृद्धिलाई महत्व दिने,  शान्ति सुरक्षाको प्रत्याभूति  र दैनिक जीवनसँग सम्बन्धित आपूर्तिलाई सहजीकरण, शान्ति प्रकृयालाई पुरा गर्ने  विषयमा छलफल भएको छ । 

यसका साथै नवनियुक्त मन्त्रीहरूले आजै पदबहाली गर्ने कार्यक्रम रहेको छ । 

 

प्रकाशित: २४ जेष्ठ २०७४ ११:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App