नयाँ सरकारको काम र नीतिको आधारमा समर्थन र विरोधः नेता नेपाल

बुधबार, २४ जेठ २०७४, १६ : २४ नागरिक

काठमाडौं—नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताएका छन्।

समसामयिक राजनीतिक विषययमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा सबै तहको निर्वाचन सम्पन्न गराउने नवनिर्वाचित प्रधनमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धता पूरा हुनुपर्नेमा जोड दिए ।

सरकारको काम र नीतिका आधारमा एमालेले समर्थन र विरोधको नीति लिने नेता नेपालको भनाइ थियो। आफ्नो पार्टी सरकारमा जान कुनै भाग नखोज्ने बताउँदै असार १४ गते हुने भनिएको दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा हुनुपर्ने उनले बताए।

भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनःमतदान गराउने निर्णय उचित नभए पनि सर्वोच्च अदालतले यस सम्बन्धमा उपयुक्त निकास दिने अपेक्षा व्यक्त गर्दै उनले भने, 'नयाँ सरकारले एमालेलाई पन्छ्याएर सर्वस्वीकार्यताको नाममा संविधान संशोधनको प्रयास र स्थानीय तहको सङ्ख्या पुनरावलोन गरिए आफ्नो पार्टीलाई यो मान्य हुँदैन।'

'देशभक्तिको भावनालाई केन्द्रमा राखेर सुशासन, विकास र समृद्धिका काममा सबैलाई समेटेर जान नवनिर्वाचित प्रधानमन्त्रीलाई मौका छ, त्यो उहाँले कसरी गर्नुहुन्छ, हेर्न बाँकी छ', उनले भने।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तराई– मधेसमा पनि एमाले पहिलो शक्ति हुने दाबी नेपालको थियो। 'कम्युनिष्ट पार्टी हुर्केकै तराईमा हो, हाम्रो पार्टीका अधिकांश महाधिवेशन पनि तराई– मधेसमा नै भएका छन्, त्यसैले त्यहाँ हाम्रो प्रभाव राम्रो रहनेछ', नेपालले भने।

कार्यक्रममा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतको सहभागिता थियो। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad