coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२० हजार घुससहित भूमिसुधारका सुब्बा पक्राउ

कोहलपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेत सम्पर्क कार्यालय कोहलपुर टोलीले २० हजार घुससहित भूमिसुधार कार्यालयका सुब्बालाई पक्राउ गरेको छ । भूमि सुधार कार्यालय नेपालगन्जका नायव सुब्बा शैलेन्द्रकुमार कर्णलाई बुधबार दिउँसो साँढे १ बजेतिर २० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । 

सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै नायव सुब्बा कर्णलाई पक्राउ गरिएको अख्तियार अनुसन्धान कोहलपुरका सूचना अधिकारी निराजन शर्माले जानकारी दिए । मोही जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा कार्यालय परिसरबाटै उनी रंगेहात पक्राउ परेको उनले भने । नियन्त्रणमा लिई अनुसन्धान थालिएको अख्तियारको भनाई छ । 

दुई दिन अघि मात्र मालपोत कार्यालयका दुईजना कर्मचारीहरुलाई चार लाख ९८ हजार घुस रकम सहित पक्राउ गरिएको थियो ।

प्रकाशित: २४ जेष्ठ २०७४ १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App