७ वैशाख २०८१ शुक्रबार
राजनीति

देउवासँगै ७ मन्त्रीको शपथ, पौडेल समूहबाट एउटै परेनन्

राष्ट्रपतिबाट सपथ लिँदै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा (दायाँ)। तस्विरः केशव थोकर

काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ ग्रहण गरेका छन्। सपथ लिनेहरुमा तीन उपप्रधान तथा चार मन्त्रीहरु छन्।

मन्त्रिमण्डल गठनको पहिलो सूचिमा काँग्रेसभित्रको पौडेल समूहबाट कोही पनि परेको छैन।

उपप्रधान तथा संघीय मामिलामन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा एवं उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शपथ लिएका हुन्। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर, गृहमन्त्री जनार्दन शर्मा तथा बिनाविभागीय मन्त्री प्रभु साहले शपथ लिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपतिको उपस्थितिमा पद तथा गोपनियताको शपथ गराए।

मन्त्रिमण्डल गठनको पहिलो सूचिमा काँग्रेसभित्रको पौडेल समूहबाट कोही पनि परेको छैन। अर्थमन्त्री महेश आचार्य हुने व्यापक चर्चा रहे पनि पछिल्लो समयमा आन्तरिक समीकरणका कारण देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थको जिम्मेवारी दिएका छन्।

पार्टीभित्र छलफल नगरी एकलौटी रुपमा निर्णय लिएर अघि बढेको भन्दै पौडेल समूहले बुधबार बिहान सपथ ग्रहण बहिष्कार गर्ने एवं मन्त्रीको नाम पनि नपठाउने निर्णय गरेको थियो। प्रधानमन्त्री देउवाले टेलिफोन गरेर पार्टी नेता रामचन्द्र पौडेललाई शपथग्रहण समारोहमा बोलाएका थिए।

प्रकाशित: २४ जेष्ठ २०७४ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App