७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कतारसँग ६ राष्ट्रले तोडे कुटनीतिक सम्बन्ध

वासिङटन –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आग्रहमा साउदी अरेबिया नेतृत्वको  ६ राष्ट्रहरुले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध विच्छेद गरेको बताएका छन् ।  

कतारले ती देशहरुमा इरानसँगको मिलोमतोमा राजनीतिक अस्थिरता बढाएकोले उनले साउदी अरेबिया भ्रमणको क्रममा कतार विरुद्व सबै खाडी मुलुकहरु एक हुनका लागि पे्ररित गर्दै उसँगको कुटनीतिज्ञ सम्बन्ध तोड्नका लागि आग्रह गरेको बताए ।

साउदी अरेबियाले कतारसँगको स्थल हवाई तथा सामुद्रिक सीमाना बन्द गरेको छ ।  
आतंकवादी खतराबाट देशलाई जोगाउनका लागि भन्दै साउदी अरेबिया नेतृत्वका यी राष्ट्रहरुले सोमबार कतारसँगको सम्बन्ध तोड्ने बताएका थिए ।

कतारी  विदेश मन्त्रालयहरुले भने साउदी अरेबिया नेतृत्वमा गरिएको यस निर्णय अन्यायपूर्ण भएको बताउँदै मन्त्रालयले यसलाई तथ्यहीन तथा भ्रामक निर्णय भनी आलोचना समेत गरेको छ । 

बहराइन विदेश मन्त्रालयले पनि विज्ञप्ती निकाल्दै कतारका कुटनीतिज्ञहरुलाई बहराइन छोड्नका लागि ४८ घण्टाको समय दिएको थियो। 

इजिप्टले पनि कतारका जहाज र विमानका लागि सबै मार्ग बन्द गरिएको घोषणा गरेको थियो । 

कतारसँग साहुदी अरेवियाको नेतृत्वमा बहराइन, इजिप्ट, सयुंक्त अरब इमिरेट्स, यमन, माल्दिभ्स ले आफ्नो कुटनीतिकस सम्बन्ध तोडेका हुन् । 

प्रकाशित: २४ जेष्ठ २०७४ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App