७ वैशाख २०८१ शुक्रबार
कला

‘ममता २’ सार्वजनिक

काठमाडौं – खोटाङकी मोडल तथा गायिका ममता राईको दोस्रो गीति एल्बम ‘ममता–२’ सार्वजनिक भएको छ । राजधानीमा गत शनिबार आयोजित कार्यक्रममा गायिका मिरा राणा, संगीतकार शान्तिराम राईलगायतले एल्बम विमोचन गरे।
एल्बममा ‘शिरैमा फूल मेरो’, ‘फूलै राखी हातैमा बिन्ती बिसाउँ की’, ‘लेकमै फूल्ने तोरीबारी बेँसी गैरी खेत’, ‘हाकु पटाँसीमा हाँसुकी’, ‘तिमी मेरो हर बिहानी हौं’ बोलका गीत छन् । गीतमा भूपाल राई, शिवसंगम राई, इन्द्र जिजीविषा, रुद्रकुमार राईलगायतको शब्द र बीबी अनुरागी, शिवसंगम राई, खगेन्द्र याक्सो, जंग लिम्बूको संगीत छ । 

कार्यक्रममा गायक राजेशपायल राईसँग ममताले गाएको ‘शिरैमा फूल मेरो’ गीतको म्युजिक भिडियो पनि देखाइएको थियो । निशा लिम्बू र रुकमान लिम्बूले अभिनय गरेको भिडियोमा पत्रकार एमपी सुब्बाको निर्देशन छ। 

प्रकाशित: २४ जेष्ठ २०७४ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App