coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भन्सार छलेर ल्याउँदै गरेका मोवाइल बरामद

महोत्तरी- प्रहरी सिमावर्ती बजार मटिहानीबाट तीन लाख मूल्य बराबरको मोवाईल सेट वरामद गरेको छ।

नेपालबाट खरिद गरि भंसार छली चोरी निकासी गरि लाँदै गरेको माईक्रो म्याक्स कम्पनिका ३ सय थान मोवाईल मटिहानी ४ बाट वरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी राजकुमार लम्सालले बताएको छ।

वरामद भएको मोवाईल सेटको बजार मूल्य चार लाख पचास हजार रुपैंया रहेको प्रहरीले बताएको छ।

मटिहानी नाकाबाट धेरै पहिले देखि भन्सार छलि चोरि निकासी गरी मोवाईल तस्करी हुने गरेको सूचना पाएपछि मटिहानी प्रहरी चौकीबाट खटि गएको प्रहरीले उक्त परिमाणको मोवाईल सेट वरामद गर्न सफल भएको एसपी लम्सालले बताए।

बरामद भएको मोवाईल सेट भन्सार कार्यालय भिटामोडमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App