coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीबाट अपहरणमा परेका ७ वर्षे बालक भारतबाट मुक्त

सन्तोष सिंह

सर्लाही- सर्लाहीको बरहथवाबाट अपरणमा परेका ७ वर्षीय बालकलाई सर्लाही प्रहरीले भारतबाट सकुशल अपहरण मुक्त गराएको छ। भारतको बैरगनिया भन्दा पश्चिमबाट भारतीय प्रहरीको सहयोगमा अपरणमा संकलन अपहरणकारी सहित बरहथवा–६ का गोरु ब्यपारी पुकार यादवका ७ वर्षीय छोरा राकेश यादवलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुई साता अघि घर अगाडी खेलिरहेका ७ वर्षीया बालकलाई अपहरण गरि बेपत्ता पारेको आरोपमा ८ जनालाई सर्लाही प्रहरीले यस अघि नै पक्राउ गरेको थियो। घर अगाडी खेलिरहेका बालकलाई मोटरसाइकलमा जवर्जस्ती राखेर भरततर्फ लगेर अपहरणकारीले पीडित परिवारसंग ५० लाख फिरौती माग गरेका थिए ।

सर्लाहीको बरहथवाबाट अपहरणमा परेका बालकलाई भारतबाट अपहरण मुक्त गराएर दिउसो परिवारलाई बुझाइने सर्लाहीका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताए । रौतहट र भारतीय प्रहरीको सहयोगमा बालक अपहरण मुक्त गराउन सफलता प्राप्त भएको सुवेदीले बताए । अपहरणमा संलगनहरु पक्राउ परेका बारेमा केहि बेर पछि मात्र सार्वजनिक गरिने उनले भने।

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App