७ वैशाख २०८१ शुक्रबार
अर्थ

दर्जन नेपाली ट्राभल कम्पनीलाई क्याथे ड्रागनको अवार्ड

काठमाडौं-हङकङको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी क्याथे ड्रागनले सन् २०१६ मा कम्पनीलाई उत्कृष्ट व्यापार दिएका नेपालस्थित एक दर्जन यात्रु तथा कार्गो एजेन्टलाई पुरस्कृत गरेको छ।

क्याथे प्यासिफिक तथा क्याथे ड्रागनको दक्षिण एसिया, मध्यपूर्व तथा अफ्रिका हेर्ने महाप्रबन्धक चार्ली स्टेवार्ट–कक्सले सोमबार एजेन्टहरूलाई पुरस्कार प्रदान गरे । अमरावती ट्राभल्स क्याथे ड्रागनको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) हो ।

गत वर्ष ड्रागनको सबैभन्दा धेरै टिकट बिक्री गरेका सुमेघ टुर्स एन्ड ट्राभल प्रालि, ओशो वल्र्ड ट्राभल नेपाल प्रालि, सेरेन ट्राभल्स प्रालि, गोरखा भिजन ट्राभल्स एन्ड टुर्स प्रालि र मेगाबाइट ट्राभल्स एन्ड टुर्स प्रालि पुरस्कृत भएका हुन् ।

त्यस्तै ‘फ्रन्ट–एन्ड बिजनेस’ मा जया ट्राभल्स एन्ड टुर्स प्रालि र ‘फ्रन्ट–एन्ड रिभिन्यु’ तर्फ रुपाकोट टुर्स एन्ड ट्राभल्स प्रालि उत्कृष्ट भएका थिए । त्यसै गरी कार्गो एजेन्टतर्फ वल्र्ड फ्रेट इन्टरनेसनल प्रालि, सांग्रिला फ्रेट प्रालि, लिजेन्ड कार्गो प्रालि, युनिक फ्रेट इन्टरनेसनल प्रालि र कुमारी एयर फ्रेट इन्टरनेसनल पुरस्कृत भएका छन् ।

‘नेपालमा क्याथे ड्रागनलाई विश्वास गरी व्यापार विस्तारमा निरन्तर सहयोग पु¥याएका नेपाली ट्राभल तथा कार्गो कम्पनीप्रति आभारी छौं,’ ड्रागनका नेपाल प्रबन्धक केरी लुईले भनिन्, ‘नेपाली यात्रुलाई उत्कृष्ट सेवा दिन र नेपालमा विश्वभरिबाट बढीभन्दा बढी पर्यटक ल्याउन हाम्रो कम्पनी सधैं प्रतिबद्ध छ ।’

क्याथे ड्रागनले हाल ४६ जहाजबाट चीनका मुख्य २३ सहरसहित ५३ क्षेत्रीय गन्तव्यमा उडान गरिरहेको छ। यो क्याथे प्यासिफिक समूहको भगिनी संस्था हो । ड्रागनले २०१०, २०११, २०१३ र २०१५ मा ‘विश्वकै उत्कृष्ट क्षेत्रीय वायुसेवा’ अवार्ड पाएको थियो । 

 

 

 

प्रकाशित: २४ जेष्ठ २०७४ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App