coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हाजार्ड ३ महिना मैदानबाहिर

लन्डन(एएफपी)– चेल्सीका बेल्जियन प्लेमेकर इडेन हाजार्ड कुर्कुच्चाको शल्यक्रिया गराएका कारण तीन महिना मैदानबाहिर हुने भएका छन् ।
उनको क्लब प्रिमियर लिग च्याम्पियनले जनाएअनुसार पूरा ठीक भएर मैदान फर्किंदा हाजार्डले आगामी सिजनका केही खेल गुमाउनेछन् । चेक गणतन्त्रविरुद्धको मैत्रीपूर्ण तथा विश्वकप २०१८ को छनोटअन्तर्गत इस्टोनियाविरुद्ध हुने खेलका लागि राष्ट्रिय टोलीसँग अभ्यास गर्ने क्रममा उनको कुर्कुच्चाको हाड भाँचिएको थियो ।
‘बेल्जियन राष्ट्रिय टिमसँग अभ्यास गर्ने क्रममा घाइते भएका इडेन हाजार्डको सफल शल्यक्रिया भएको छ,’ क्लबले आफ्नो वेभसाइटमा लेखेको छ, ‘उनी तीन महिनापछि अभ्यासमा फर्किने अपेक्षा गरिएको छ ।’
चेल्सीले भर्खरै सम्पन्न प्रिमियर लिग सिजनमा उपाधि जित्दा महŒवपूर्ण भूमिका निर्वाह गरेका २६ वर्षे हाजार्ड आफंैले अस्पतालको शय्याबाट ट्विटरमा फोटो सार्वजनिक गरेका छन् ।
‘मेरो कुर्कुच्चाको शल्यक्रिया राम्ररी सम्पन्न भएको छ । अब मेरो ठीक हुने प्रक्रिया सुरु हुनेछ । म अझै बलियो भएर फर्किनेछु । साथ र सहयोगका लागि धन्यवाद,’ उनले ट्विटरमा लेखेका छन् ।
प्रिमियर लिगको नयाँ सिजन अगस्ट १२ बाट सुरु हुनेछ ।

प्रकाशित: २४ जेष्ठ २०७४ ०३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App