एमाले र माओवादी प्रचारमा कांग्रेस नेता राजधानीमै

बुधबार, २४ जेठ २०७४, ०८ : २७ दिलबहादुर छत्याल

धनगढी- एमाले, माओवादी केन्द्रलगायतका  राजनीतिक दलका उम्मेदवार प्रचारप्रसारमा गाउँटोलमा व्यस्त रहेका बेला कांग्रेसका नेता, उम्मेदवारका आकांक्षी र कार्यकर्ता हप्तांदेखि काठमाडौंमा रहेका छन्।

एमाले, माओवादी केन्द्रलगायतका दलहरु सबै तहमा उम्मेदवार घोषणा गरेर  प्रचारप्रसारमा जुटेका छन्। तर कांग्रेसका उम्मेदवार आकांक्षी र जिल्ला नेताहरू काठमाडौंमा रहेकाले प्रचारप्रसार प्रभावित भएको कार्यकर्ता बताउँछन् ।

कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले धनगढी उपमहानगरपालिकाको मेयर, उपमेयरलगायतका कैलालीका विभिन्न निकायमा उम्मेदवारको घोषणा हुन बाँकी रहेको बताए। उनले भने, ‘जुन उत्साह र ऊर्जाका साथ प्रचारप्रसार हुनुपर्ने हो त्यो त हुन सकेको छैन, तर कार्यकर्तासहित हामी प्रचारप्रसारमा जुटेका छौं,’ उनले भने ।

निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलहरूका चुनावी गतिविधि बढेको छ । जिल्लाका १३ वटै निकायमा राजनीतिक दलहरूले प्रचार अभियान तीव्र पारेका छन् ।

जिल्ला सभापति नरनारायण शाह मनु, अधिकांश क्षेत्रीय सभापतिहरू, उम्मेदवारका आकांक्षी नेताहरु केही दिनदेखि काठमाडौंमा छन् ।

एमाले उपाध्यक्ष भीम रावल, माओवादी नेता लेखराज भट्टलगायत नेताहरु गाउँगाउँमा चुनावी प्रचारमा जुटेका छन् । चुनावी अभियानका लागि कांग्रेस नेताहरू रमेश लेखक, एनपी सावद, दीर्घराज भाट, पुस्करनाथ ओझालगायत गाउँ नआएको कार्यकर्ता बताउँछन् ।

वडा अध्यक्ष र सदस्यमा टिकट पाएका र आकांक्षी कार्यकर्ताले वडा, टोल स्तरमा कांग्रेसका चुनावी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सुदूरपश्चिमका धेरैजसो स्थानीय तहमा कांग्रेसले उम्मेदवार छान्न सकेको छैन । छानिएका क्षेत्रमा पनि टिकट वितरणमा देखिएको असन्तुष्टिको प्रभाव पनि चुनावी अभियानमा देखिन्छ । कतिपय ठाउँमा असन्तुष्टहरू बागी उम्मेदवारी घोषणा गर्दै चुनावी प्रचारमा जुटेका छन् ।

केही ठाउँमा वडा कार्यालय र चुनाव प्रचासप्रसारका लागि खोलिएका कार्यालयमा तालाबन्दी भएका छन्।

धनगढी उपमहानगरपालिकामा वडा अध्यक्षको उम्मेदवार छनोटप्रति असन्तुष्टि बढी देखिन्छ।

 कैलालीमा प्रमुख प्रतिस्पर्धी ठानिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सबैजसो तहमा केही साता पहिले नै उम्मेदवार घोषणा गरेको छ ।

केन्द्रीय पदाधिकारीहरू सरकार गठनमा व्यस्त भएका कारण कांग्रेसले कैलालीसहित सुदूरपश्चिमका केही तहमा उम्मेदवार टुंग्याएर औपचारिक रूपमा सार्वजनिक गर्न सकेको छैन।

एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणी देवकोटा उम्मेदवारी दिएको छ । माओवादी केन्द्रले मेयरमा रामसमझ राना र उपमेयरमा शान्ति अधिकारी क्षेत्रीलाई उम्मेवार बनाएको छ । यस्तै राप्रपाले मेयरमा बिष्णुबहादुर साहु र उपमेयरमा जनककुमार कुँवरलाई उम्मेदवार बनाएको छ । सुन्दर सुदूरपश्चिमका अभियन्ता उद्योगी गोपाल हमालले पनि मेयरमा स्वतन्त्र उम्मेदवार घोषणा गर्दै प्रचार तीव्र पारेका छन् ।

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad