६ वैशाख २०८१ बिहीबार
समाज

डा. केसीको समर्थनमा चितवनमा लगातार प्रदर्शन

चितवन– काठमाडौं शिक्षण अस्पताल महाराजगन्जमा अनशनरत डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै मंगलबार पनि भरतपुरमा प्रदर्शन भएको छ।

प्रयास नेपाल नामक संस्थाको पहलमा भरतपुरको चौबिसकोठी चोकमा साँझ पाँच बजेदेखि आधा घण्टा प्रदर्शन भएको हो। सोही संस्थाको पहलमा सोमबार दिउँसो नारायणगढको लायन्स चोकमा पनि आधा घण्टा प्रदर्शन भएको थियो ।

प्रयास नेपालमा संयोजक अमर घिमिरेले बुधबार साँझ पनि डा.केसीको माग र अभियानको समर्थनमा प्रर्दशन गर्ने जानकारी दिए ।

‘डाक्टर केसीका माग जायज छन्। सरकार र संसदले यसको चाडोभन्दा चाडो सुनुवाइ गर्नुपर्छ । यसका लागि दवाव दिन हामी निरञ्तर प्रदर्शनमा उत्रेका हौं,’ संयोजक घिमिरेले भने।

मेडिकल शिक्षा सुधारको नीतिगत व्यवस्था माग राख्दै डा.केसीले आमरण अनशसन सुरु गरेको मंगलबार १० दिन भयो ।
    

 

प्रकाशित: ४ श्रावण २०७३ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App