शेरबहादुर देउवा: विगतदेखि बर्तमानसम्म

मङ्गलबार, २३ जेठ २०७४, १९ : ०७ बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई व्यवस्थापीका संसदको बैठकले ४०औ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ। कार्यकारी प्रमुखकारुपमा देउवाको सिंहदबार प्रवेस चौथो पटक हो । ०५२सालमा पहिलो पटक मुलुकको कार्यकारी प्रमुख बनेका देउवा यसअघि ०५८ र ०६१मा पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् ।

बहुमतको सरकार विघटन गर्दै ०५१मा मध्यावदी निर्वाचनमा जाने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्णयसँगै देउवालाई कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्ने बाटो खुलेको थियो । दुई तिहाइ बहुमत ल्याउने भन्दै मध्यावादी निर्वाचनमा जाने निर्णय गरेपनि पार्टी दोस्रो स्थानमा खुम्चीएपछि संसदीय दलको नेता र प्रधानमन्त्री नबन्ने कोइरालाले घोषणा गरे । सभापति कृष्ण प्रसाद भट्टराई निर्वाचनमै पराजीत भएपछि देउवाका लागि संसदीय दलको नेता बन्ने अवसर प्राप्त भएको थियो।

आरएसएसले कांग्रेसभित्र रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवा चर्चामा थिए । पौडेल सभामुख बने भने दलको नेताका लागि आर्चाय र देउवा मात्र मैदानमा थिए ।  बिपी कोइरालाको सान्निध्यमा रहेर २०३६ को जनमत संग्रहमै राजनीति अघि बढाउने मौका पाएका देउवालाई कोइराला परिवारको मात्र होइन तत्कालीन पार्टी सभापति भट्टराईको पनि साथ रहन गयो र उनी दलको नेता बने ।

एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा ०५१ सालमा गठन भएके अल्पमतको सरकार गरीसँगै २००४ जेठ ३० गते डडेलधुरा, असिग्राममा जन्मेर ३० को दशकको सुरुमै युवा पुस्ताबीच लोकप्रिय बनेका देउवालाई प्रधानमन्त्री हुने ढोका खुल्यो । सत्ता र शक्तिका लागि जुनसुकै जोखीम मोल्ने नेताकारुपमा पार्टीभित्र र बाहिर हेर्ने गरिएका देउवा दलको नेता नै प्रधानमन्त्री बन्ने दलको विधानको व्यवस्था अनुसार २०५२सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा प्रधानमन्त्री बने ।

माओवादी सशस्त्र द्वन्द्वका कारण निर्वाचन गराउन नसक्ने अवस्था हुँदाहुँदै संसद विघटन गरेर प्रजातन्त्र दरबारमा बुझाएको आरोप खेप्ने गरेका देउवालाई अपदस्थ गरी तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएका थिए ।

दरबार हत्याकान्ड हुँदै २०५६ मा होलेरीमा बिद्रोही माओवादी सेनालाई सुरक्षाकर्मीले हालेको घेरामा राजाले सेना परीचालनका लागि गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारलाई असहयोग गर्‍यो। सेना परिचालनमा असहयोग गरेपछि रुष्ट प्रधानमन्त्री गिरिजाप्रसाद राजा ज्ञानेन्द्रलाई भेट्न दरबार पुगेका थिए । त्यसक्रममा राजाले प्रधानमन्त्री तिमीलाई त जनताले भ्रष्ट्राचारी भन्छन् नी केहो भन्ने प्रश्न गरेका थिए । राजाको प्रश्नपछि रुष्ट गिरिजाप्रसादले तपाईंलाई पनि राजपरिवारको बंशनास गरेर आएको राजा भन्छन् ।अरुके कुरा सुन्ने होइन आफ्नो काम गर्ने हो भन्ने जवाफसहित दरबारबाट बाहिरीएका थिए । राजाले जनताको प्रतिनिधि प्रधानमन्त्रीमाथि प्रश्न उठाएके भन्दै गिरिजाप्रसाद कोइराला पदबाट राजीनामाको मनस्थीतिमा पुगेका थिए । त्यही बोला उपप्रधान तथा गृहमन्त्रीबाट नेता रामचन्द्र पौडेलले राजीनामा गरे ।त्यसको केहीदिनपछि गिरिजाप्रसादले प्रधानमन्त्रीबाट राजीनामा गरेका थिए।

पौडेलले आफुलाई धोका दिएको बुझाइमा कोइराला पुगे ।  नेतृ शैलजा आर्चाय चुनावमा पराजीत भएकाले प्रधानमन्त्री बन्ने सम्भावन नभएपछि आफुपछि गिरिजाप्रसाद कोइराला चक्रप्रसाद वास्तोलालाई प्रधानमन्त्री बनाउने पक्षमा पुगेका थिए । गिरिजाप्रसादपछि कोइराला परिवारबाट पार्टी राजनीतिमा कसलाई स्थापीत गर्ने भन्ने होड र विवाद परिवारभित्र चली रहेका बेला नेता कृष्णप्रसाद सिटौलासहितका नेताहरु वास्तोलाविरुद्ध सक्रिय भए । वास्तोलालाई प्रधानमन्त्री बनाउँदा कोइरालाको हातबाट नेतृत्व बाहिर जाने भन्दै सुशील कोइरालालाई अघि सार्न सिटौलाले गिरिजाप्रसाद कोइरालालाई आग्रह गरे । सुशीललाई प्रधानमन्त्री र पछि पार्टी नेतृत्वमा पुर्‍याउमा सकिने र वास्तोलालाई प्रधानमन्त्री बनाउनै हुँदैन भन्नेमा उनलाई कन्मीन्स् गर्न सिटौला सफल भए । आफ्नो चाहना विपरित दलको नेतामा देउवा र सुशील प्रतिष्पर्धामा उत्रिए । संसदीय दलको निर्वाचनमा मतदानमा गिरिजाप्रसाद कोइराला उपस्थीत भएनन् । सुशीलको पक्षमा जम्मा ४३ मत मात्र पर्‍यो देउवा दोस्रो पटक संसदीय दलको नेता बन्नेसँगै २०५८सालमा पुन प्रधानमन्त्री बन्ने अवसर पाए ।

२०४६ को परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गर्न सफल देउवाले पार्टी संस्थापक कृष्णप्रसाद भट्टराईसहित नेताको सहयोग लिँदै अघि बढे । पछि तिनै गिरिजाप्रसादलाई पार्टी नेतृत्वमा पनि देउवाले चुनौती दिए । संस्थापक नेता भट्टराईको ‘लिगेसी’ बिस्तारै देउवामा सरिरहेका बेला मुलुकमा संकटकाल लगाउने विषयमा २०५९ मा पार्टीभित्र विवाद चर्कियो । पार्टी निर्देशनविपरीत मुलुकमा संकटकाल लगाउने निर्णयसँगै २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि उनी आलोचित बन्न पुगे । पार्टी निर्णयविरुद्ध प्रधानमन्त्री भएके भन्दै उनलाई अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोध्दै पार्टी सदस्यसमेत नरहेने गरी कारवाही भयो । यो प्रकरण लम्बिँदै जाँदा देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो । भट्टराईको संरक्षण तथा गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रलाई साथ लिएर देउवाले पार्टी विभाजन गरेर ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ नाममा छुट्टै पार्टी गठन गरेका थिए ।

माओवादी सशस्त्र द्वन्द्वका कारण निर्वाचन गराउन नसक्ने अवस्था हुँदाहुँदै संसद विघटन गरेर प्रजातन्त्र दरबारमा बुझाएको आरोप खेप्ने गरेका देउवालाई अपदस्थ गरी तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएका थिए । राजाबाट अपदस्थ भएको झन्डै दुई वर्षपछि २०६१मा प्रधानमन्त्रीको जिम्मेवारी पाएका देउवाले गोरखाका राजाबाट न्यायपाएको प्रतिक्रिय दिएका थिए ।तर, ०६१ माघ १९मा उनी पुन प्रधानमन्त्रीबाट अपदस्थ भए । दोस्रो पटक पनि अपदस्थ देउवाले राजाबाट दु:खपाउने बीपी कोइरालापछि आफु भएको बताउने गरेका छन् ।

सुदूरपश्चिमको सामान्य परिवारबाट आएर राजनीतिक उचाइ बनाएका देउवाले मन्त्री, प्रधानमन्त्री, विपक्षी दलको नेता हुँदै पार्टी सभापतिको जिम्मेवारीमा छन् । ०४८ यताका संसदीय निर्वाचन र संविधानसभा निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका उनले २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री र २०५२, २०५८ र २०६१ मा गरी तीनपटक प्रधानमन्त्री जिम्मेवारी सम्हालिसकेका छन् । प्रजातन्त्र पुनःस्थापनापछि युवा उमेरमै प्रधानमन्त्री बन्न सफल नेताका रूपमा देउवाको चर्चा हुन्छ ।तर, उनले मुलुक र पार्टीलाई युवापुस्ताले आशा गरेअनुसार अघि बढ्न नसकेको, प्राडो/पजेरो र सुरासुन्दरी जस्ता विकृति ल्याएर संसदीय व्यवस्थालाई कुरुप बनाउने काम गरेको आरोप पार्टीभित्रैबाट लाग्ने गरेको छ ।

पञ्चायतविरुद्धको संघर्षमा भारत प्रवास नगई नेपालभित्रै विद्यार्थी आन्दोलनमा सक्रिय देउवाले पटकपटक गरी दस वर्ष जेलजीवन बिताएका छन्। 

मुलुकको शासन व्यवस्थामा समावेसी सिद्धान्तको सुरुवात गर्दै कर्णाली क्षेत्र र पीछडिएको भू–भाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाती र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण कदम उठाएका देउवाले कर्णाली(दलित, महिला, जनजाति,मधेस (कदमजम) को अवधारणा ल्याए। उनले राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन गर्न लगाए ।

कैलाली र कञ्चनपुरमा रहेका थारुहरुलाई कमैया मुक्त गर्दै उनीहरुबीचको विभेद अन्त्यका लागि पहल पनि देउवाले गरेका थिए । कञ्चनपुरबाट भारत हुँदै कैलालीको टिकापुर आउनु पर्ने बाध्यता अन्त्य गर्दै कर्णाली पुल निर्माण, मूल्य अभिवृद्धि कर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउने गरी कानुन निर्माण गरेका थिए ।

०७२ फागुनमा पार्टीको कमान्ड समालेका देउवा २०३६ को जनमत संग्रहमा बीपी कोइरालासँगै पूर्व–पश्चिसम्मका सभा–समारोहमा सहभागि हुने अवसर पाएका थिए । पञ्चायतविरुद्धको संघर्षमा भारत प्रवास नगई नेपालभित्रै विद्यार्थी आन्दोलनमा सक्रिय देउवाले पटकपटक गरी दस वर्ष जेलजीवन बिताएका छन्।  पञ्चायती व्यवस्थाको बिरोधमा देउवालाई जिब्रोमा करेन्ट लगाएकै कारण बोली अस्पष्ट भएको दाबी निकटहरुले गर्ने गरेपनि त्यसको पुष्टी भने हुन सकेको छैन। पञ्चहरुले देउवालाई प्रभावित गर्नसक्ने भन्दै पार्टीका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले उनलाई बेलायत पढ्न पठाएका थिए। ०४६को राजनीतिक परिर्वतनको समयमा बेलायतमै अध्ययनमा रहेका देउवा ०४८को आम निर्वाचन अघि स्वदेश र्फकेका थिए । देउवाकै सिफारीमा सुदुरपश्चिमा पार्टीको उम्मेदवार छनोट गरीएको अधिकांस नेतालाई चुनाव जिताउन सफल भएसँगै देउवाले मुलधारको राजनीतिमा आफ्नो स्थान सुरक्षीत गर्न सफल भएका हुन । 

२०६४ असोजमा पार्टी एकीकरणपछि पार्टीको दोस्रो मर्यादाक्रममा बस्न तयार देउवा पश्चिमा मुलुकसँग सुमधुर सम्बन्ध भएको नेता मानिन्छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक उनी २०५२ मा सर्वसम्मत र २०५८ मा सुशील कोइरालालाई पराजित गर्दै संसदीय दल नेता बनेका थिए । तर, २०७० मा दोस्रो संविधानसभा निर्वाचनपछिको संसदीय दल निर्वाचनमा भने उनी सुशीलसँगै पराजित भए । त्यसअघि २०६४ को संविधानसभा निर्वाचनपछि भएको संसदीय दल निर्वाचनमा पौडेलसँग पराजित देउवाले पार्टीको १३औं महाधिवेशनमा उनै पौडेललाई पछिपार्दै सभापतिमा निर्वाचित भए । 

श्रीमती र एक छोरा रहेका देउवाले पाको उमेरमा बिवाह गरेका थिए । नेपालका लागि अमेरिकी राजदूत जुलीया च्याङले आरजु राणासँग देउवाको लगनगाँठो बाँधीदिएका हुन । बिवाहसँगै देउवाको राजनीतिक र व्यीक्तगत जीवन व्यवस्थीत बनेको निकटहरु बताउँछन् ।  सोसलीष्ट इन्टरनेस्नलको उपाध्यक्षसमेत रहेका देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विटजरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायतका देशहरुको भ्रमण गरेका छन्। 

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad