८ वैशाख २०८१ शनिबार
समाज

पैसा भनी कागजका टुक्रा दिने फरार अभियुक्त पक्राउ

काठमाडौं-पैसा भनी कागजका टुक्रा दिई ठगी गरेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं लाजिम्पाट बस्ने धादिङ त्रिपुरेश्वर गाविस–१ का ३७ वर्षीय बलराम श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले गोंगबुबाट पक्राउ गरेको हो।   

 गोमा लामाको जाहेरीमा बलराम श्रेष्ठसमेत भएको ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०६० माघ २२ मा ६ महिना कैद तथा २ लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो। उनी कैद तथा जरीवाना भुक्तान नगरी फरार रहेका थिए।  

 श्रेष्ठले लामालाई पैसा कमाउन विदेश जानु पर्दैन, म १ लाखको २ लाख फिर्ता दिन्छु तिमीसँग भएको रकम मलाई देउ भन्दै रकम लगेका थिए। उनले लामाबाट २ लाख रुपैयाँ लिई सो बापतको रकम २०६० साउन २६ गते फिर्ता गर्ने क्रममा १ हजार रुपैयाँको ४ वटा नोट राखी ४ वटा गड्डी बनाई त्यसभित्र नोटसँग मिल्ने साईजका कागजका टुक्रा राखी लामालाई दिएर भागेका थिए। फरार श्रेष्ठलाई सोही दिन काठमाडौं नागढुङ्गाबाट प्रहरीले पक्राउ गरी ठगी मुद्धामा अदालतबाट उक्त फैसला भएको थियो।       श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ।

          

प्रकाशित: ४ श्रावण २०७३ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App