coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्कीको पेन्सन पट्टा रोकेर अर्थले अपमान गरेको भन्दै ओलीको आपत्ति

प्रधान न्यायाधीश कार्की

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधान न्यायाधीश सुशीला कार्कीलाई सत्तारुढ दलहरुले नियतबस ‘ह्युमिलेट’ गरेको बताएका छन्। संसदको बैठकलाई सम्बोधन गर्दै मंगलबार उनले पेन्सन पट्टा रोकेर अर्थ मन्त्रालयले अपमान गरेको जनाए।

‘प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै अर्थ मन्त्रालयले उनलाई अपमान गरेको छ’, ओलीले संसदमा भने, ‘राज्य यसरी नै शक्तिको दुरुपयोग गर्ने हो भने यो दुःखद छ।’

महाअभियोग दर्ता रहेकाले पेन्सन पट्टा दिन नमिल्ने भनेर अर्थ मन्त्रालयले कार्कीलाई फर्काइदिएको उनको भनाइ थियो।

आफूसँग असहमत हुनेविरुद्ध सत्ता पक्षले शक्तिको दुरुपयोग गर्नु नसुहाउने विषय भएको उनले बताए। ‘प्रधान न्यायाधीशलाई महाअभियोग दर्ता भएकाले अर्थ मन्त्रालयले कसरी थाहा भयो? कसले जानकारी दियो? यो दुःखद पक्ष हो। असहमतसँग यति अपमानजनक व्यवहार सुहाउँदैन’, उनले भने।

यद्यपि यो विषय अहिले समाधान भइसकेको ओलीले जानकारी दिए।

सत्तारुढ काँग्रेस माओवादीले प्रधान न्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए। एमालेको अडानपछि महाअभियोग प्रस्वता फिर्ताको निवेदन परिसकेको छ।

 

प्रकाशित: २३ जेष्ठ २०७४ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App