७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद बैठक सुरु, देउवा आज प्रधानमन्त्री बन्ने

काठमाडौं- ब्यवस्थापिका संसद बैठक सुरु भएको छ। यसअघि एमालेले संसद अवराेध गर्दै आएको थियो।जसका कारण प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित बनेको थियो। सभामुख ओनसरी घर्तिमगरको पहलमा सोमबार साँझ भएको छलफलमा शीर्ष नेताहरुबीच चार बुँदे सहमति भइ सदन खोल्ने सहमति भएको थियो।

आजको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा देशको ४०औं प्रधानमन्त्री बन्नेछ। यसअघि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले बोल्ने कार्यक्रम छ।

प्रकाशित: २३ जेष्ठ २०७४ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App