coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घरको खम्बामा ठोक्किँदा बालकको मृत्यु

दमक—आफ्नै घरको खम्बामा टाउको ठोक्किएर झापाको गौरादहमा एक बालकको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय गौरादहका अनुसार यसरी ज्यान जानेमा गौरादह नगरपालिका–१ बस्ने डिल्ली दाहालका ६ वर्षीय छोरा आयुष रहेका छन्।

सोमबार साँझ ६ बजेतिर घरमा खेल्दै गरेका बालकको अचानक खम्बामा टाउको ठोक्किएको थियो। खम्बामा टाउको ठोक्किएर गम्भीर भएका उनलाई उपचारका लागि दमकतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: २३ जेष्ठ २०७४ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App