७ वैशाख २०८१ शुक्रबार
राजनीति

वडा अध्यक्षमा काँग्रेस-एमालेले एकैघरका दाजुभाई उठाए

गुल्मी (तम्घास)—दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन्। मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री दुईभाइ एकै पदमा उम्मेदवार बन्ने भएका हुन्।

उम्मेदवार दुई दाजुभाइमध्ये दाजु यमबहादुर खत्री नेपाली काँग्रेसको तर्फबाट र भाइ ओमबहादुर खत्री नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेका हुन्। एकै घरका दुई दाजुभाइलाई एकै पदमा पार्टीले उम्मेदवार बनाएपछि उनीहरुका आफन्त पनि दुईमध्ये कसलाई भोट दिने भनेर अन्योलमा परेका छन्।

दुई भाइमध्ये दाजु यमबहादुर काँग्रेस बडागाउँको पार्टी सभापति हुन् भने भाइ ओमबहादुर एमाले बडागाउँ गाउँ कमिटी उपाध्यक्ष हुन्।

यसरी दुई भाइ एकै ठाउँबाट फरकफरक पार्टीबाट उम्मेदवार बनेपछि स्थानीय कसले बाजी मार्ला भनेर निकै चासोका साथ हेरिरहेका छन्। यी दुई दाजुभाइ गत दश वर्षअघि नेपाली सेनाबाट अवकाश पाएर फर्केपछि राजनीतिमा प्रवेश गरेका थिए। रासस

प्रकाशित: २३ जेष्ठ २०७४ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App