८ वैशाख २०८१ शनिबार
समाज

अत्यधिक दुर्घटना भएपछि सडकमा फलामे बार

डडेल्धुरा—बर्सेनि ७ नं प्रदेशका पहाडी सडकमा सडक दुर्घटनामा परी थुप्रै मानिसले ज्यान गुमाउने र धेरै मानिस अङ्गभङ्ग हुन थालेपछि पहाडी राजमार्गका सडकमा दुर्घटना न्यूनीकरण गर्न फलामे बार लगाइएको छ।
 

यातायातको चाप बढी हुने सुदूरपश्चिमका अधिकांश पहाडी राजमार्गमा सडक सुरक्षा सहयोग कार्यक्रमअन्तर्गत सडक दुर्घटना कम गर्न करोडौँको लगानीमा फलामको बार लगाउन सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

सुदूरपश्चिमको महाकाली राजमार्गअन्तर्गत कैलालीको खानीडाँडादेखि दार्चुलासम्म र जयपृथ्वी राजमार्गमा सडक सुरक्षाका लागि फलामे बार लगाउन सुरु गरिएको छ। सडकको घुम्तीसहित जोखिम क्षेत्रमा फलामको बार लगाउँदा राति बारमा गरिएको पेन्टिङले घुम्तीमा रोडलाइन देखाउने र सामान्य रुपमा गाडीमा समस्या आई ब्रेकफोर्स समेत गरी दुर्घटनाबाट जोगाउने डिभिजन कार्यालय डोटी इन्जिनियर महानन्द जोशीले बताए।

सडकमा फलामे बार लगाउँदा यात्रु गाडी दुर्घटनाको जोखिमबाट जोगिने र चालकलाई समेत दिउँसो र राति गाडी चलाउनमा सहजता भएको छ।

फलामेबारले मुख्य गरी दुर्घटना न्यूनीकरण गर्ने र पथप्रदर्शन गर्नेसडक डिभिजन कार्यालय बैतडीका डिभिजन प्रमुख ललितजङ्ग खनाले बताए। डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र बझाङका राजमार्गमा जोखिम र घुम्ती भएको स्थानमा फलामे बार लगाउने काम भइरहेको छ।

विश्व बैंकको आर्थिक सहयोगमा सडक सुरक्षाका लागि फलामको बार लगाइएसँगै सडक दुर्घटनामा कमी आउने विश्वास लिइएको छ। फलामको बारका कारण पहाडी सडकमा यातायात सञ्चलनदेखि रातिको समयमा घुम्तीमा यातायात सञ्चालनका लागि सहज हुने चालक गङ्गाराम भट्टको भनाइ छ। रासस

प्रकाशित: २३ जेष्ठ २०७४ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App