८ वैशाख २०८१ शनिबार
समाज

गोसाइँकुण्ड मन्दिरको भेटी रु ३० हजार उठ्यो

रसुवा—पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० हजार भेटी चढाएका छन्। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी रु २९ हजार ८८७ सङ्कलन भएको हो। पुजारीले जम्मा गरी ल्याएपछि धुन्चेमा भेटी गणना गरिएको हो।

यही जेठ १२ देखि २१ गतेसम्म परेको यस वर्षको गङ्गादशहरा पर्वका अवसरमा पाँच हजार भक्तजनले गोसाइँकुण्ड दर्शन गरेको समितिले जनाएको छ।

मेला भर्न गएका एक यात्रुलाई मात्र लेक लाग्ने समस्या देखिएकाले उनलाई नेपाली सेना र नेपाल प्रहरीले बोकेर बेँसी झारेको र एक यात्रुको नुहाउँदा डुबेर निधन भएको प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले बताए। रासस

प्रकाशित: २३ जेष्ठ २०७४ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App