coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवा पक्षमा ३९२ सांसद

काठमाडौं- केही दिनदेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्ने सहमतिसँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन हुने निश्चित भएको छ। सभापति देउवा कांग्रेससहित, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेकपा संयुक्त, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र अन्य साना दलको समर्थनमा प्रधानमन्त्री चयन हुने निश्चित भएको हो। यी सबै दलको गरेर देवाका पक्षमा ३ सय ९२ मत हुने देखिएको छ। हाल संसद्मा ५ सय ९३ जना सदस्य छन्। प्रधानमन्त्री निर्वाचित हुन पक्षमा बहुमत सांसद चाहिन्छ।

२ सय ९७ सांसदले प्रधानमन्त्री निर्वाचित गरियोस् भनी सदनमा प्रस्तुत गरेको नाममा समर्थन जनाएमा निर्वाचित भएको मानिनेछ। देउवाका पक्षमा हालसम्मको आँकडा हेर्दा ९५ सांसद अधिक रहेको देखिन्छ।

उनको विपक्षमा एमाले, माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, मधेस समता पार्टी, बहुजन समाजवादी पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा छन्। 

माले सांसद अइन्दसुन्दर नेम्वाङले यसअघि विपक्षमा रहेका अधिकांश दल अहिले पनि विपक्षमै रहने बताए। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने आफ्नो पार्टी सरकारमा नजाने बताए।

प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस सभापति देउवाको मात्र उम्मेदवारी दर्ता भएको थियो। कामचलाउ प्रधानमन्त्री एवं माओवादी केन्› अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र कांग्रेस नेता रामचन्› पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा संयुक्तका जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह समर्थक राखेर देउवाले शनिबार प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका थिए। अन्य पार्टीले उम्मेदवारी दर्ता नगरेपछि उनीमात्र प्रतिस्पर्धी छन्।

शीर्ष नेताबीच सोमबार चारबुँदे मौखिक सहमति भएपछि एमालेले संसद् बैठक अवरुद्ध नगर्ने भएको छ।

संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिबाट हुने भनिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७४ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App