coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

सभामुखको कार्यकक्षमा भएको मुख्य दलका शीर्ष नेताको बैठक। तस्विर सौजन्यः बबिन शर्मा/फेसबुक

काठमाडौं— मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे समझदारी भएको हो।

'पहिलो बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अगाडि बढेको विषयमा सभामुखले जानकारी गराउने र सत्ता पक्ष र प्रतिपक्षका नेताहरुले बोल्ने दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने सहमति भएको छ', माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेतले नागरिकन्युजसँग भने।

'पहिलो बैठकमा प्रधानमन्त्री निर्वाचनको प्रक्रिया अगाडि बढेको विषयमा सभामुखले जानकारी गराउने र सत्ता पक्ष र प्रतिपक्षका नेताहरुले बोल्ने दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने सहमति भएको छ', माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेतले नागरिकन्युजसँग भने।

सत्ता पक्ष र प्रतिपक्षबीच चार बुँदे समझदारीपछि प्रतिपक्ष एमाले संसद सुचारु गर्न तयार भएको हो। चार बुँदेमा असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा गर्ने वातावरण बनाउने, प्रदेश र संघको निर्वाचनका लागि सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्ने, सबै तहका निर्वाचन निष्पक्ष गर्ने, विगतका कमजोरी सच्याएर अघि बढ्ने एवं निर्वाचन धाँधलीका विषयमा छानवीन गर्न हालै गठित संसदीय छानवीन समितिलाई सक्रिय बनाउने उल्लेख छ।

यो समझदारीपछि भोलि नै संसदमा नयाँ प्रधानमन्त्रीका निर्वाचन हुने भएको छ। प्रधानमन्त्री निर्वाचनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा एक मात्र उम्मेदवार छन्।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पाैडेल, नेता विमलेन्द्र निधि सहभागी थिए। एमालेका तर्फबाट बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल उपस्थित थिए।

संसदको नियमित बैठक भोलि मंगलबार ११ बजेका लागि बोलाइएको छ।

प्रकाशित: २२ जेष्ठ २०७४ १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App