७ वैशाख २०८१ शुक्रबार
अर्थ

सबै कर तिर्‍यौं: एनसेल

काठमाडौं- एनसेलले आइतबार दाखिला गरेको पुँजिगत लाभकरसँगै आफुले पूर्णरुपमा लाभकर तिरिसकेको दावी गरेको छ।

कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै ठूला करदाता कार्यलयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थप अग्रिम कर रु १३.६ अर्ब दाखिला गरी उक्त करको विषयलाई निष्कर्षमा पुर्‍याएको बताएको छ। 

'एनसेलले हालसम्म गरेको कुल अग्रिम दाखिलाको आधारमा ठूला करदाता कार्यलयले जेठ २१ गते एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्णरुपमा पालना गरेको प्रमाणिकरण गर्दै यससँगै आयकर ऐन २०५८ अन्तर्गत पुँजीगतलाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्णरुपमा भुक्तानी गरेको प्रमाणित गरेको जनाएको छ', एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उले आफ्नो भूतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्ग एएस (“बिक्रीकर्ता”) द्धारा गरिएको अप्रत्यक्षबिक्री (“कारोबार”) सँग सम्बन्धित कर बुझाएको हो।

एनसेल यस कारोबारको संलग्नपक्ष नरहे पनि र कम्पनीले उक्त कारोबारमा कुनै भुक्तानीनगरे तथा प्राप्त नगरेता पनि कम्पनीले कर दाखिला गरी यस विषयलाई टुंगोमा पुर्‍याउनु कम्पनीको नेपालमा निरन्तर सेवाप्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धता व्यक्त गरेको छ।

 “एनसेलले सँधै नेपालका कानुनको परिपालना गरेको छ आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने।

प्रकाशित: २२ जेष्ठ २०७४ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App