coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साउदी, दुबई, इजिप्ट र बहराईनद्वारा कतारसँगको कुटनीतिक सम्बन्ध विच्छेद

काठमाडौं-  साउदी अरेबिया,  दुबई,  इजिप्ट र बहराईनले कतारसँगको कुटनीतिज्ञ सम्बन्ध तोड्ने घोषणा गरेका छन्।

कतारले यस क्षेत्रमा अस्थिरता फैलाएको यी देशहरुले आरोप लगाएका छन्। कतारले मुस्लिम ब्रदरहुड लगायत केही आतंकवादी संगठनहरुलाई मदत गरेको सम्बन्ध तोड्ने देशहरुले आरोप लगाएका छन्।

आतंकवादी खतराबाट देशलाइै जोगाउनका लागि भन्दै साउदी अरबियाले सोमबार बिहान राष्ट्रिय सुरक्षाका लागि उक्त घोषणा गरेको बताएको छ। उनीहरुले आफ्नो देशमा रहेका कतारका नागरिकहरुलाई देश छोड्नका लागि २ हप्ताको समय दिएका छन्।  

कतारको विदेश मन्त्रालयले साउदी अरेबिया लगायतका अन्य मुलुकहरुले गरेको यस्तो निर्णयलाई अन्यायपूर्ण निर्णय भनेको छ। मन्त्रालयले यसलाई तथ्यहीन तथा भ्रामक निर्णय भन्दै आलोचना गरेको छ।

एक विज्ञप्ती जारी गर्दे मन्त्रालयले यो निर्णय सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सार्वभौमिकत्तामा खलल पार्ने कार्य भएको बताएको छ।

बहराईन विदेश मन्त्रालयले पनि विज्ञप्ती निकाल्दै कतारका कुटनीतिज्ञहरुलाई बहराईन छोड्नका लागि ४८ घण्टाको समय दिएको छ।

इजिप्ट विदेश मन्त्रालयले पनि राष्ट्रिय सुरक्षाको विषयलाई विशेष महत्व दिदै कतारका जहाज र विमानका लागि सबै मार्ग बन्द गरिएको घोषणा गरेको छ।

 

प्रकाशित: २२ जेष्ठ २०७४ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App