८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नेटवर्क नटिपेपछि भर्‍याङ चढेर मन्त्रीले गरे फोन

नयाँ दिल्ली- भारतका अर्थमन्त्री अर्जुन राम मेधवालले मोबाइलको नेटवर्क नभएपछि भर्‍याङ चढेर फोन गरेका छन्। डिजिटल इन्डियाको नारा दिइरहेको मोदी सरकारकै केन्द्रीय मन्त्रीले यस्तो समस्या भोग्नुपरेको छ। उनले आइतबार आफ्नो संसदीय क्षेत्र बीकानेरको भ्रमणका क्रममा यस्तो समस्या भोग्नु परेको हो।

उनी भ्रमणको क्रममा भारतको ढोलिया गाँउमा पुगेका र त्यहाँको नाजुक नेटवर्कका कारण रुखमा चढेर फोन गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।

भ्रमणमा क्रममा रहेका उनलाई स्थानीयबासीहरुले अस्पतालमा स्वास्थ्यकर्मीहरुको अभाव रहेको गुनासो गरेका थिए। स्थानीयहरुको उक्त गुनासोलाई सम्बन्धित निकायमा पुर्‍याउनका लागि उनले फोन सम्पर्क गर्न खोजेपनि नेटवर्क अभावका कारण फोन सम्पर्क हुन नसकेको स्थानीयहरुले बताए।

गाउँलेहरुले अग्लो ठाउँमा नेटवर्क आउने बताएपछि मन्त्री मेधवाललाई रुखमा चढ्नका लागि भर्‍याङको व्यवस्था गरेदिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

फोन सम्पर्क गर्नका लागि मन्त्री मेधवालले गरेको यस्तो हर्कतसहितको तस्बिर भारतीय सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन्। जुन स्थानीयबासीहरुले सार्वजनिक गरेका थिए। उनी भारतीय जनता पाटीका मन्त्री हुन्।

प्रकाशित: २२ जेष्ठ २०७४ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App