८ वैशाख २०८१ शनिबार
समाज

भरतपुर प्रकरणबारे सर्वोच्चमा सुनुवाई जारी

काठमाडौं—महानगरपालिकाको वडा नं. १९ मा फेरि चुनाब गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिट सुनुवाई सर्वोच्च अदालतमा बहस जारी छ। सर्वोच्चका न्यायाधीश चोलेन्द्रसम्शेर जबराको एकल इजालसमा सुनुवाइ भइरहेको हो।

माओवादीका बुथ प्रतिनिधिले मतपत्र च्यातेपछि माओवादीकै मागअनुसार पुनःमतदान गर्ने आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट परेको थियो। 

भरतपुर महानगर वडा नं. १९ का वडा सदस्यका उम्मेदवार गुन्जामान विक र अधिवक्ता तुलसीराम पाण्डेको वारेसमा महेश्वर श्रेष्ठले रिट दायर गरेका थिए। रिटमा निर्वाचन आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, अनुगमन समिति संयोजक गीताप्रसाद तिम्सिनालाई विपक्षी बनाइएको छ। निर्वाचनपछि मतगण्नाका क्रममा जेठ १४ मध्यारातमा मतपत्र च्यातिएको थियो।

प्रकाशित: २२ जेष्ठ २०७४ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App