coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कुखुराको चल्ला सहित तीन भारतीय पक्राउ

रौतहट-प्रतिबन्धित अवैध सेतो कुखुराको चल्ला सहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती भारतको घोडासहान बजारबाट अवैध रुपमा चोरी तस्करी गरेर नेपाल भित्रयाउने क्रममा प्रहरीले मंगलवार चल्ला सहित तीनै जनालाई नियन्त्रणमा लिएको हो।

सीमावर्ती बजारबाट साइकलमा लोडगरेर सेतो कुखुराको चल्ला नेपाल तर्फ भित्रयाउँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटवाट खटिएको प्रहरी गस्ति टोलिले नेपाल भारत सीमाक्षेत्रको नरकटिया नाकावाट २१ कार्टुन चल्ला सहित भारत मोतिहारी का जिम्दार राय, अनिलकुमार राय, धर्मेन्द्र कुमारलाई पक्राउ गरिएको प्रहरी प्रबक्ता डिएसपि नविनकृष्ण भण्डारीले बताए।

प्रकाशित: ४ श्रावण २०७३ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App